चर्चामा

बुटवलबाट जितगढी देखि तामनगरका यात्रुले सहजै पाउदैनन बस चढ्न

बुटवलबाट जितगढी देखि तामनगरका यात्रुले सहजै पाउदैनन बस चढ्न
0 0
Read Time:3 Minute, 18 Second

बुटवल । विकासको हिसाबले अग्रणी बुटवल उपमहानगरपालिका भित्रैका केही स्थानमा जानको लागि यात्रुले सार्वजनिक बस पाउँदैनन् । बुटवलबाट पश्चिम तर्फ दैनीक १ सय बढी छोफो दुरिका बस चल्छन तर छोटो दुरिका बसले समेत नजिकका यात्रुलाई बसमा चढ्न समेत दिदैनन।

Advertisement

पूर्व पश्चिम राजमार्गमा पर्ने तिनाउ पारी जितगढी, बेलबास, नयाँ गाउँ देखि बुटवल र सैनामैनाको सिमाना तामनगरसम्म पुग्ने यात्रुले  पनि सार्वजनिक बसमा चढ्न पाउदैनन। कारण हो, नजिकका यात्रुबाट थोरै भाडा उठ्छ। 

बुटवलबाट विभिन्न स्थानमा गाडी छुटे पनि बुटवल भित्रका विभिन्न स्थानमा पुग्नको लागि रिक्सामा महँगो रकम तिर्नुपर्ने बाध्यता रहेको छ। 
यसले यातायात उपभोक्तामाथि अपमान भएको बताउँछन् वरिष्ठ लेखक ऋषि आजाद। उनले सामाजिक सञ्जालमा दुई यात्रुवाहक बसको तस्बिर राख्दै छोटो दुरीका यात्रुलाई चढ्न नदिने, चढेकालाई ओह्राल्ने धम्की दिने लगायत गरेको गुनासो गरेका छन्।

उनले बुटवल सालझण्डी लेखिएका लु १ ख ७५८९ र लु १ ख ४९२८ बसहरूको उदाहरण दिँदै यो घटना हरेक समय यात्रुले भोग्नुपरेको बताए। उनी भन्छन्,”अब यातायातमा आत्मसम्मानमा सुधार हुनु पर्छ । उपभोक्तामाथिको अपमान बन्द हुनुपर्छ ।”

उनी आफू लुम्बिनी प्रदेश हस्पिटलको उत्तरमा रहेको बस बिसौनीमा बसेर जितगढी जानको लागि बस रोक्दा त्यहाँका यात्रुहरूलाई गरिएको अपमानलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताउँछन्।उनले यो विषयमा त्यहाँ रहेका ट्राफिक प्रहरीले ध्यान दिनु पर्नेमा ध्यानाकर्षण गराए।

उनले निजी कार वा मोटरसाइकलमा हिँड्ने राजनीतिक नेतृत्व, जनप्रतिनिधिहरू र सामाजिक अगुवाहरूलाई सार्वजनिक  बसमा हिँड्दा गरिने अपमानको विषयमा थाहा नहुने बताउँछन्। उनले यात्रुलाई तिमी भन्ने, भेँडा बाख्राझैँ कोचेर पिठ्युँमा हात लगाएर पेल्ने गरेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए।

उनले पिठ्युँमा हात लान पाइँदैन भन्ने थाहा उनीहरूलाई नभएको भन्दै सुधारको आवश्यकता औँल्याए।  जनताले सरकारको अनुभूति गर्ने कुरा नै यी रहेको बताउँदै उनले यस्ता व्यवहारले जनताको सरकारप्रति वितृष्णा बढेको उल्लेख गरे। उनले अब यातायातमा आत्म सम्मानमा सुधार हुनु पर्ने आवश्यकता औँल्याए।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %