बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा

बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा
0 0
Read Time:1 Minute, 32 Second

बुटवल । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउने आइतबार (असोज ७ गते) सार्वजनिक बिदा दिने भएको छ ।नगरपालिकाले बिहीवार एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने जानकारी गराएको हो।
नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाईएको छ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ – मिति २०८० साल असोज ०७ गते आइतवारका दिन थारु समुदायको महत्वपुर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस तिलोत्तमा नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिने यस कार्यालयको मिति २०६०/०६/०४ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement