तिलोत्तमाका सबै गाइगोरुलाई लगाईयो लम्पी स्कीन बिरुद्धको खोप
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्लामै पहिलो पटक नगर भित्रका गाई गोरुमा नि:शुल्क रुपमा लम्पी स्कीन विरुद्धको खोप लगाएर सकेको छ।
नगरपालिकाले शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याकसिन लगाएको जनाएको हो ।
तिलोत्तमा नगरपालिकाले साउन २१ गतेदेखि पशुमा लम्की स्कीन विरुद्धको खोप लगाउन सुरु गरेको थियो ।
पशु चिकित्सक उर्जा देवकोटाले नगरभित्र ५ हजार ९३ वटा गाई गोरु रहेकोमा ४ हजार ७४८ पशुमा भ्याकसिन लगाइएको जानकारी दिइन् ।
‘नगर भित्र ५ हजार ९३ गाई गोरु रहेका छन् । त्यसमध्य हामीले ४ हजार ७४८ गाई गोरुमा खोप लगाएर सकेका छौँ ।’– उनले भनिन् ‘गर्भवती अवस्थामा रहेका गाईलाई भने खोप लगाइएको छैन् ।’ साथै नगर भित्र संक्रमित पशुको संख्या ८३६ रहेको पशु चिकित्सक देवकोटाले बताइन् ।
हाल उपचाररत पशुको संख्या ४४ रहेको र १०६ गाई गोरु लम्की स्कीन रोगबाट मरेको उनले बताइन् ।
तिलोत्तमा नगरपालिका– २ का वडाध्यक्ष दिलबहादुर भट्टराईले नगरपालिकाले समयमा नै लम्की स्किनको खोप दिन सुरु गरेकाले धेरै पशुहरु यस रोगबाट जोगिएको बताए ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाले पशुमा देखिएको लम्की स्कीन रोग नियन्त्रणका लागि आर्थिक वर्ष २०८०/८१ को बजेटमा २० लाख विनियोजन गरेकोमा १० लाखमा काम सम्पन्न भएको बताए ।
रुपन्देही जिल्लामा सबै भन्दा धेरै पशुमा खोप लगाउने नगरपालिका तिलोत्तमा रहेको उनले बताए ।
कार्यक्रमा लम्की स्कीनको खोप लगाउने प्राविधिक र स्वयम् सेवक विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो ।
लेखकको सम्वन्धमा