विश्व शान्ति दिवसमा ६ ईनरव्हिल क्लबद्वारा संयुक्त कार्यक्रम 

विश्व शान्ति दिवसमा ६ ईनरव्हिल क्लबद्वारा संयुक्त कार्यक्रम 
0 0
Read Time:1 Minute, 59 Second

बुटवल । विश्व शान्ति दिवसको अवसरमा रुपन्देहीमा रहेका ६ वटा ईनरव्हिल क्लबहरूले संयुक्त कार्यक्रम गरेका छन्।

Advertisement

ईनरव्हिल डिस्ट्रिक्ट ३५० नेपाल अन्तरगत रुपन्देहीमा रहेका ईनरव्हिल क्लब अफ बुटवल, मिडटाउन, लुम्बिनी, सैनामैना,जितगढी र तिलोत्तमाको आयोजनामा एक्सन फर पिस सम्पन्न भएको हो।
अन्तर्राष्ट्रिय बुद्ध परियत्ति बिहार तिलोत्तमा डिङनगरमा भएको कार्यक्रम ईनरव्हिल क्लब अफ बुटवलका अध्यक्ष सानू श्रेष्ठको अध्यक्षतामा भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि भन्ते ज्ञानेन्द्र, र विशिष्ट अतिथि भन्ते आनन्दले पञ्चशील र गौतमबद्धको बारेमा बताएका थिए।
उनीहरूले बुद्धको शान्तिको अवधारणालाई विश्वभर नै लागू गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा डिस्ट्रिक्ट भ्वाईस चेयरमेन आशा श्रेष्ठ , कार्यक्रम संयोजक ईनरव्हिल क्लब अफ बुटवलका पिपी शान्ता शाक्य, ईनरव्हिल क्लब अफ जितगढीका अध्यक्ष दुर्गा देवी न्यौपाने लगायतले बोलेको कार्यक्रम सञ्चालक ईनरव्हिल क्लब अफ बुटवलका सचिव सोनाली गुरुङले जानकारी दिइन।

सोही अवसरमा बिहारमा अध्ययनरत विद्यार्थीहरुलाइ १५ हजार नगद र एक छाक खाना समेत खुवाइएको हो।

ईनरव्हिल बुटवलद्वारा तीज मिलन
इनरव्हिलको एक सताब्दिमा ईनरव्हिल बुटवलले रोप्यो एकसय बिरुवा
ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सानु श्रेष्ठ

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %