स्कलर्सका राजन केसी बने नेपाली लुगा घर वक्तृत्वकलाको विजेता

स्कलर्सका राजन केसी बने नेपाली लुगा घर वक्तृत्वकलाको विजेता
0 0
Read Time:2 Minute, 49 Second

बुटवल । विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि स्कलर्स बोर्डिङका राजन केसीले जितेका छन्।
बुटवल मिलन चोकमा रहेको डेल्टा कम्प्लेक्समा गत बुधवार(असोज ३ गते) देखि साढे २ करोडको लगानीमा सञ्चालनमा आएको नेपाली लुगा घरले “राष्ट्रिय अर्थतन्त्रको आधार स्वदेशी उत्पादनको प्रयोग” विषयकवक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो। 
प्रतियोगितामा द्वितीय न्यु होराईजनकि दीक्षा पाण्डे, तृतीय दीप बोर्डिङकी समीक्षा आचार्य र सान्त्वनामा न्यु इन्भेस्टमेन्टकी बिनिसा बगाले भएकी छन्।
विजेताहरू प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः २५००, २०००, १५०० र १००० नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको नेपाली लुगा घरका अध्यक्ष प्रकाश भुसालले जानकारी दिए।
उनीहरूलाई डेल्टा मार्टका अध्यक्ष लोकनाथ उपाध्याय, नेपाली लुगा घरका अध्यक्ष भुसाल र कार्यक्रम संयोजक बाबुराम बन्जाडेले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा निर्णायकको भूमिकामा हिरण्य लाल ज्ञवाली,टेक बहादुर थापा रहेका थिए। प्रतियोगितामा १० विद्यालय सहभागी भएका थिए।
लुगा घरको उद्घाटनको अवसरमा गजलकारहरूद्वारा गजल साँझ, फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन्।
नेपाली लुगा घरमा देशका ६ वटा ब्रान्डका लेडिज, जेन्स र बच्चाका सबै प्रकारका कपडा उपलब्ध छन्। लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयाँमा १ हजार जनालाई सेण्डो प्रदान गरेको छ।
असोज ३ गते देखि ६ गते सम्म लुगा घर उद्घाटनकै अवसरमा गजल साँझ समेत भएको छ । गजल साँझमा बुद्ध राना, प्रकाश बस्नेत (गफाडी) सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुति रहेको थियो।

बुटवलमा साढे २ करोडको लगानीमा ‘नेपाली लुगा घर’ सञ्चालन हुँदै(भिडियो सहित)
नेपाली ब्रान्डका पहिरनलगाउने बानी बसाल्न बुटवलमा खुल्यो लुगा घर

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement