१५ प्रकारका सेवा दिन मोनिकाले खोलिन डेढ करोड लगानीमा छाला र कपाल उपचार क्लिनिक

१५ प्रकारका सेवा दिन मोनिकाले खोलिन डेढ करोड लगानीमा छाला र कपाल उपचार क्लिनिक
0 0
Read Time:2 Minute, 44 Second

बुटवल । बुटवलकी मोनिका क्षेत्रीले डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी छिन् ।

Advertisement

दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।

क्लिनिकमा केन्द्रिय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौँ किल्निक अफ कस्मेटिक सर्जरीमा कार्यरत डा.ज्योति शाहले सेवा प्रदान गर्ने प्रबन्धक निर्देशक क्षेत्रीले बताइन् ।

‘स्किन एण्ड हेयरमा काठमाडौँबाट नै डाक्टर आउनु हुन्छ । अहिले तत्कालको लागि हप्ताको एक पटक फरक फरक बार गरी २ जना डाक्टर आउनु हुन्छ ।’–उनले भनिन् ।

क्लिनिकमा छाला र कपाल सम्बन्धी कपाल प्रत्यारोपण, लेजर र हाइड्रा फेसीयल लगायत १५ प्रकारका उपचार सेवा दिइने उनले बताइन् ।

साथै फर्मासिस्ट दिपक क्षेत्री ,नर्स जुही श्रेष्ठले भने दैनिक रुपमा सेवा प्रदान गर्ने बताइन् । यस्तै पत्रकार सम्लेनमा वरिष्ठ सौन्दर्यकर्मी मोना पाठकले एकै जनाले शैलुन र स्किन सम्बन्धी काम गर्दा समास्या आउने गरेकाले व्यवसायीक रुपमा नै शैलुन र स्किन केयर संचालन गर्नु धेरै राम्रो भएको बताइन् । साथै मोनिका क्षेत्री आफुले सिकाएको विद्यार्थी रहेको र आफुले सिकाएको विद्यार्थीले गरेको कामबाट धेरै खु्शि लागेको बताइन् ।

क्लिनिक शुभारम्भको अवसरमा केही दिनका लागि सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको प्रदान गरिने बताइन् । शैलुन र स्किन एण्ड हेयरमा गरी १ करोड ५० लाख लगानी रहेको सो शैलुनमा अहिले १२ जनाले रोजगारी पाएका छन् । स्किन एण्ड हेयरमा थप ५ जनाले रोजगारी पाउने उनले बताइन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %