“पाथीभरा माता” र शक्तिपीठको उत्पत्ति

“पाथीभरा माता” र शक्तिपीठको उत्पत्ति
0 0
Read Time:9 Minute, 39 Second

पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभरा माता संसार कै शक्तिशाली शक्तिपीठ मानिन्छिन् । वर्षेनी लाखौंका संख्यामा श्रद्दालु भक्तजनहरुले पाथीभरा माताको दर्शन तथा पूजा अर्चना गरि पुण्य लाभ गरिरहेका छन् । पाथिभरा देवीको उत्पत्ति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन् । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथिभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती बथानका बथान भेडाहरू अलप भए ।

Advertisement

त्यस्तो अकल्पनिय घटनाले स्तब्ध भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भई आफ्नो उपस्थिति र आकृतिको बोध गराउँदै भेडा बलिसहित पूजा अर्चना गर्न निर्देशन दिनुभयो । गोठालाहरूले पनि देवीको आकृति उत्पन्न भएको स्थलमा भक्तिभाव पूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेडाको थुम्बा बलि दिए । आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलि स्थलमा झर्नै नपाई हावामै हराउन पुग्यो । साथै ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।

अहले पनि पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको वा सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिगत गर्दा यहाँ रगतको पोखरी जम्नु पथ्र्यो तर त्यसो हुँदैन । वास्तवमा पाथिभरा माता को हुन, कसरी यस्तो शक्तिशाली भईन, यो ठाउँ कसरी शक्तिपीठ भयो, किन पाथीभरा मातालाई बलि चडाउने गरिन्छ र कसरी रगतको आहाल नबनी हावा मै उडेर जान्छ त जस्ता अनगिन्ती प्रश्नहरु अझसम्म अनुत्तरित नै छन् । जसको अध्ययन अनुसन्धान गरि शास्त्रीय ब्याख्या गर्नु अति आवश्यक छ ।

यसै सन्दर्भमा हामीले विभिन्न बेद, पुराण र महाताब्यको अध्ययन गर्नु जरुरी छ । जनश्रुती र शास्त्रीय व्याख्यामा एकरुपता नहुन पनि सक्दछ । सबैले आफ्नो आस्था र परम्परा अनुसार नै धर्म संस्कृतिको पालना गरिदै आएको छ । हाम्रो भूगोल भनेको शिव र शक्तिको बासस्थान भएकाले हिमालय पर्वत्य क्षेत्रको यो भूगोलमा हामीले शिवपुराणलाई नै पहिलो आधार मान्नु पर्ने हुन्छ । त्यस पछिमात्र स्कन्ध पूराण, देवी माहाताव्य, महाभारत, रामायण, श्री स्वस्थानी ब्रतकथालगायतका शास्त्रहरुको अध्ययन गरि तिनीहरुको वर्णानुक्रम र हाम्रो भुगोल र जनश्रुतीका आधारमा बर्णन गर्नुपर्ने हुन्छ ।

रामायणका मत्वपूर्ण पात्र मध्येका कुम्भकर्णको नाम र आकृतिकै कुम्भकर्ण हिमालको आसपासका हामीले पहिला रामायणलाई नै गहन अध्ययन गरि आधार निर्माण गर्नु सान्दर्भिक हन्छ । बजारमा रामायण पनि विभिन्न खाले पाईन्छन । रामण पनि एउटा मात्र थिएनन । लंकापति दशानन रामणका दाजु सय शिर भएका अर्का शतानन रामण थिए । तिनै लोकलाई अफ्नो मुट्ठीमा राखि बसेका ति अति नै शक्तिशाली र अद्भुत रामण हिमालय पर्वत मै बस्दथे । यसको बृष्तृत वर्णन अद्भुत रामायणमा गरिएको छ ।

अद्भुत रामण वा शतानन भनेका दशानन रामण भन्दा धेरै गुणा शक्तिशाली थियो । उ अमर जस्तै थियो । महिला बाहेक पुरुषका हातबाट उसको मृत्यु हुदैनथ्यो । उसलाई कसैले पनि युद्धमा पराजय गर्न सक्दैनथे । रक्तबीजको जस्तै जति थोपा रगत भुईमा खस्यो त्यति नै नयाँ उही शरिर र शक्ति भएका नयाँ योद्धा प्रकट भई युद्ध गर्न सक्दथे । रावणले सीताको हरण गरिसकेपछि राम र रामणको घनघोर युद्ध भयो । रामले रामणको हत्या गरि लंका उपर विजय हासिल गरे । त्यो खबर उनका दाजु शताननले थाह पाए । लगत्तै उनले आकाशबाट बाणको वर्षा गरे । उनीसँग रामका शेना एक छिन् पनि टिक्न सकेनन् ।

राम लक्षण मुक्र्षित भए भने हनुमान बाहेक अरु शेनापति लगायत सम्पूर्ण सेनाहरुको हताहति भयो । यो खबर लिएर हनुमान सीतामाता समक्ष पुग्दछन् । यो दुःखद् खबर सुनेर सीतामाता ज्यादै नराम्रोसँग रिसाउनु हुन्छ र कालीको रुप धारण गर्नु हुन्छ । महालक्ष्मी, महासरस्वती र महाकालीलगायत सम्पूर्ण देवि र संसारका सम्पूर्ण मातृशक्तिहरूलाई आव्हान गर्नुहुन्छ । सबै मातृशक्तिहरु आ-आफ्ना हतियार र शक्ति लिएर काली मै समाहित हुनु हुन्छ । संसार नै डगमगाउने महाशक्तिरुपिणी देवि शतानन रामणसंग युद्ध गर्न रणभूमीमा पुग्नु हुन्छ ।

देवीको हुंकारले मात्र पनि तीनै लोक डगमगाएर त्राहीमाम हुन्छ । सबै देवताहरु युद्ध मैदानको आकाशमा गई निहाल्न थाल्छन् । ब्रम्हा, बिष्णु महेश्वर पनि सावधानीपूर्वक युद्धलाई निहालिरहेका हुन्छन् । सुरुमा एउटा महिला एक्लै मैदानमा देख्दा शतानन खित्का छाडेर हास्दछ । एउटा महिलाले उसको सामना गर्न सक्छिन भन्ने कुरा उसले कल्पनासम्म पनि गरेको हुँदैन ।

यसै बिच काली र दानवबीच धमासान युद्ध हुन्छ । उसले हानेका सबै निशाना र हतियारलाई देवीले निस्तेज बनाईदिन्छिन । यो युद्धले पुरै संसार डगमगाएर त्राहीमाम हुन्छ । दानवले बिचमा मायावी शक्तिको पनि प्रयोग गर्दथ्यो भने उसले उसका सयौ प्रतिरुपलाई देवीसँग युद्ध गर्न पठाउदथ्यो । यसरी महादेविले सबै प्रतिरुपहरुको खड्गले छेदन गर्दै रगत भुईमा झर्न नदिई हावाबाट सिधै निलेर संहार गर्नु भएको कुरा अद्भूत रामायणमा पढ्न पाइन्छ ।

यसरी शतानन् रामणको मृत्यु भैसकेपछि माता कालीको रिस शान्त हुदैन । उनी हिमालय पर्वतमा हुंकार गर्दै पहाडका चुचुरा र थुम्का थुम्कामा टेकेर हिड्नु हुन्छ । यसले संसार नै डगमगाएर प्रलय होला की जस्तो हुन्छ । पृथ्वी र अन्य ग्रहहरु पनि आफ्नो बाटो बिराउन थाल्छन् । तिनीहरु एक अर्कामा ठोकिएलान् कि भन्ने त्राहिमाम हुन्छ । सारा सृष्टी नै प्रलय होला की जस्तो हुन्छ ।

यसै बिच त्रिदेवलगयत सम्पूर्ण देवताहरुको बृहद सभा बसि परामर्श हुन्छ । पहिला रक्त बीजको मृत्यु पश्चात पनि यस्तै हाहाकार भएको थियो । त्यस बेला पनि शिवको आराधाना गरि शिवजी भुईमा सुति दिनु भएको र त्यसमा देवीले थाहा नपाई आफ्नो पाउ राखे पछि देवीको रिस क्रमशः शान्त हुँदै गएको बारे चर्चा तथा परामर्श हुन्छ । त्यस पछि सबैले शिवको आराधाना गर पछि शिवजी डाँडामा आई शवासनमा सुतिदिनु हुन्छ र माता कालीले उहाँका छातिमा पाउ राख्न साथ क्रमश: रिस शान्त हुँदै जान्छ । संसार क्रमशः आफ्नो लयमा फर्किन्छ । सबैले देवीको जय जयकार र स्थुति गर्दछन् ।

यस सम्बन्धमा अद्धूत रामायणमा यसरी बर्णन गरिएको छः

वालक्यापादमिन्यासे सबरूपधरोहर ।आत्मानं स्तंभयामास धरणिधृतिहेतवे ।।
सर्वभारसहोदेव सीतापादतलेस्थित। शवरूप विरूपाक्ष स्थिताभूतधराचरा ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %