चर्चामा

प्रकाश सपुतले आफ्नै कथाको चलचित्र ल्याउने !

प्रकाश सपुतले आफ्नै कथाको चलचित्र ल्याउने !
0 0
Read Time:1 Minute, 45 Second

बुटवल । लोकप्रिय गायक प्रकाश सपुतले आफ्नै कथाको चलचित्र ल्याउने मन रहेको बताएका छन।
असोज २६ गतेदेखी रिलिज हुन लागेको चलचित्र परदेशी २ को प्रचार प्रसारको क्रममा बुटवल आएका चलचित्रका नायक सपुतले आफुले अर्को चलचित्र ल्याएमा आफ्नै कथाको चलचित्र ल्याउने बताए।
परदेशी २ बाट चलचित्र क्षेत्रमा डेब्यु गर्दै गरेका सपुतले यो चलचित्र राम्रो चलेमा आफुले आफ्नै कथाको चलचित्र ल्याउने मन रहेको बताए।

चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,’यो पहिलो चलचित्र हो।, यो सफल भएमा अर्को चलचित्र खेल्दिन भनेर मिल्दैन, अर्को चलचित्र मेरै कथाकोमा खेल्छु।’

कार्यक्रममा नायीका केकि अधिकारीले परिवार संग मिल्ने चलचित्र बनेको बताईन। उनले अघिल्लो पटक इतिहास बनेको चलचित्र निकै राम्रो बनेको बताउदै यो दशैलाइ परदेशी २ संगै मनाउन आग्रह गरिन।
चलचित्र निर्देशक नारायण रायमाझीले गोर्खा पल्टन र परदेशीको सफलता पछि परदेशी २ चलचित्र ल्याएको बताए।

संघ रुपन्देही अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement