एनएमबि बैंक भलवारीको वित्तीय साक्षरता

एनएमबि बैंक भलवारीको वित्तीय साक्षरता
0 0
Read Time:2 Minute, 6 Second

बुटवल । एनएमबि बैंक भलवारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । बैंकले रुपन्देहीको भलवारीस्थित सेन्ट जोसेफ हाइयर सेकेन्डरी स्कुल कक्षा १२ मा ब्यवस्थापन सन्काय अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।

Advertisement

बैंकका भलवारी शाखा प्रबन्धक सुवर्ण आचार्यले सो वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गरेकि थिइन।

उनले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु , एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गरेका थिइन ।

कार्यक्रममा विद्यालयका प्राचार्य लक्ष्मण अर्याल र व्यवस्थापन सन्काय संयोजक अर्चित श्रेष्ठले एनएमबि बैंकले कक्षा १२ मा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा आभार व्यक्त गरे।

वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %