प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव असोज १२ देखि

प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव असोज १२ देखि
0 0
Read Time:2 Minute, 23 Second

बुटवल । बुटवलको रानीगञ्जमा प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव २०८० हुने भएको छ।
शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा असोज १२ गतेदेखि २३ गतेसम्म १६ दिन महोत्सव गर्न लागेको बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७को संरक्षकत्वमा महोत्सव गर्न लागेको क्लबका अध्यक्ष राम दर्जीले जानकारी दिए।
रानिगन्ज जाऔँ राष्ट्रिय कलाकार सँगै रमाऔँ भन्ने नाराका साथ सञ्चालन हुन महोत्सवमा १ सय स्टल रहने क्लब अध्यक्ष दर्जीले जानकारी दिए।कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले गर्ने छन्।
मेला व्यवस्थापक भीम खत्रीले सबै सामाग्रीहरू आफै सँग रहेको बताउँदै थोरै खर्चमा महोत्सव व्यवस्थापन हुने बताए। उनले महोत्सव सञ्चालन गर्न ४० लाख खर्च हुने बताए।
कार्यक्रममा महोत्सव उद्घोषक विकास भट्टराईले दशैको समयमा नजिकमा रमाइलो गर्नको लागि महोत्सव सञ्चालन हुने बताए।
महोत्सवमा खाद्यान्न एव फेन्सी सामग्रीका स्टलहरू रहने छन् भने स्टल शुल्क ८ देखि १२ हजार तोकिएको छ।
महोत्सवमा प्रवेशका लागि १ सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ७० रुपैयाँ तथा अपाङ्ग असहाय तथा ज्येष्ठ नागरिक लाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको क्लबका सचिव अनिल सुनारले जानकारी दिए।
महोत्सवमा ५० लाखको कारोबार र ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement