कञ्चनमा लुम्बिनी प्रादेशिक हेल्थ केयर बुटवलले गर्‍यो स्वास्थ्य शिक्षा एवं शिविर

कञ्चनमा लुम्बिनी प्रादेशिक हेल्थ केयर बुटवलले गर्‍यो स्वास्थ्य शिक्षा एवं शिविर
0 1
Read Time:3 Minute, 2 Second

बुटवल । विद्यालयमा रहेका विद्यार्थीहरुलाइ प्रदान गरेको सूचना र जानकारी प्रभावकारी हुने भएको भन्दै विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा शिविर सञ्चालन गरिएको छ।
रुपन्देहीको कञ्चन गाउँपालिका र लुम्बिनी प्रादेशिक हेल्थ केयर प्राली बुटवलको सहकार्यमा विद्यालय स्तरीय स्वास्थ्य शिक्षा तथा शिविर उद्घाटन गरिएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नवराज ढकालले कञ्चनले स्वास्थ्यलाई प्राथमिकता राखेको बताउँदै यो कार्यक्रम प्रभावकारी रहेको बताए। उनले शिविर सञ्चालन गरेकोमा लुम्बिनी प्रादेशिक हेल्थ केयर प्रावि बुटवललाई धन्यवाद व्यक्त गरे।
उनले दन्त स्वास्थ्य र मानसिक स्वास्थ्यको विषय पछिल्लो समय निकै संवेदनशील रहेको बताउँदै किशोर किशोरीहरूलाई मानसिक रूपमा सबल बनाउन आवश्यक रहेको बताए।
उनले बालबालिका मार्फत नै समाजमा सकारात्मक रूपान्तरण ल्याउन सहज हुने भएकाले उक्त उद्देश्य पूरा गर्न पालिकाका दश वटा माध्यमिक विद्यालयहरूमा माध्यमिक तहका विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य प्रजनन स्वास्थ्य मुख स्वास्थ्य र महिनावारी सतर्कताको विषयमा अभिमुखीकरण र दन्त स्वास्थ्य परीक्षण कार्यक्रम अभियानको रूपमा सञ्चालन गरिएको बताए।
कञ्चन उपाध्यक्ष मौसमी पुनले किशोर किशोरीहरूको सक्रियतामा समृद्ध समाज निर्माण हुने बताइन।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यसको प्रभावकारिताको बारेमा बताए।
लुम्बिनी प्रादेशिक हेल्थ केयर कन्सल्टेन्सी प्रालिका अध्यक्ष एवं मुख स्वास्थ्य अभियन्ता अमृत भुसालले स्वास्थ्यमा जागरण पैदा गर्ने हिसाबले लुम्बिनी प्रदेशलाई केन्द्रबिन्दुमा राखी आफ्ना कार्यक्रमहरू केन्द्रित गरिएको बताए।
कार्यक्रममा जनप्रतिनिधि, पालिकाका शिक्षा शाखा अधिकृत रमेश भुसाल, स्वास्थ्य अभियन्ता माधव सापकोटा लगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement