होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा पोख्रेल
Read Time:1 Minute, 19 Second
बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको १० औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बिहीबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले राम प्रसाद पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पोख्रेल संगठनको वरिष्ठ उपाध्यक्ष थिए ।
संगठनको वरिष्ठ उपाध्यक्षमा लिलाधर भट्टराई, उपाध्यक्षमा नरेन्द्र खनाल, दिनबन्धु खनाल, महासचिवमा बाल बहादुर घिमिरे, सचिवमा कल्पना न्यौपाने, कोषाध्यक्षमा दल बहादुर थापा र सह–कोषाध्यक्षमा गुनाखर गौतम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै सदस्यहरुमा शुभराज गौतम, अर्जुन प्रसाद गौतम, रोमकान्त भट्टराई, पदम प्रसाद पन्थ, हुमनाथ ढकाल, ज्ञानेश गुरुङ्ग र सुशिल पौडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुरेन्द्र बस्यालले बताए ।
लेखकको सम्वन्धमा