चर्चामा

बुटवल उद्योग वाणिज्य संघ निर्वाचन : हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा, टंक र बिमलराज दुबैको साझा

बुटवल उद्योग वाणिज्य संघ निर्वाचन : हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा, टंक र बिमलराज दुबैको साझा
0 0
Read Time:2 Minute, 39 Second

बुटवल । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा गरिएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरिएको हो ।

यहि असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारण सभा तथा २५ अधिवेशनबाट संघको नेतृत्व लिनको लागि अध्यक्ष पदमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहनु भएका हरीप्रसाद अर्यालले उम्मेदवारी घोषणा गरे।

उहाँको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी घोषणा गरेका छन।

वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईलाई दिनेशप्रसाद श्रेष्ठको प्यानलमा पनि राखिएको छ ।

उम्मेदवारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेदवार अर्यालले गौरवमय इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोंच, कार्यशैली, व्यवसायीमैत्री कार्यक्रम दिन सक्ने चलायमान नेतृत्वको आवश्यकता महशुस गरी आफ्नो नेतृत्वमा उम्मेदवारी दिन गईरहेको बताए । उनले उम्मेदवारी घोषणा गर्दै आफू र आफ्नो समुह विजयी भएमा १२ बुदे प्राथमितकता पनि राखे।

यो समुहले पदाधिकारी सहित कार्यसमिति सदस्यको उम्मेदवार पनि घोषणा गरेको छ । यो समुहबाट कार्यसमिति सदस्यमा काशीराम पौडेल, दीपक चापागाई, जमुना पौडेल, लोकनाथ पाण्डे, जगन्नाथ न्यौपाने, नमकला वेलवासे, रामबहादुर भण्डारी, सुनिता बञ्जाडे, गणेश भट्टराई, दीपक घिमिरे, माधवप्रसाद भुसाल, कमला पन्थ, ज्ञानबहादुर पुन, दीप आचार्य, सवर मिया, इर्साद अली र नारायण रायमाझीको नाम घोषणा गरिएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement