सहकारीकाे रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गर्नुपर्छ:महासचिव पाेख्रेल

सहकारीकाे रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गर्नुपर्छ:महासचिव पाेख्रेल
0 0
Read Time:3 Minute, 47 Second

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगि प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी स्विकार्ने ठाउँमा उल्टै क्लिन चिट पाएको हल्ला गर्नु उचित नभएको बताएका छन ।

Advertisement

प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन ।

अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थालेउनले भने सहकारीको रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गरिनुपर्छ । सहकारीको सदस्य नरहेका व्यक्ती र कम्पनीलाई लगानी गर्न मिल्दैन । अनुचित तरिकाबाट लगानी भित्र्याएको पुष्टि भयो । विना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो । विना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हो ।

यस्तै महासचिव पोख्रेलले काठमाडौं महानगरपालिकाका नगर प्रमुख वालेन कति सफल, कति असफल उनले गरेका कामहरु हेर्नुपर्ने बताए । देशभरका महानगरपालिका मध्य सबै भन्दा कमजोर छ काठमाडौं । हेर्ने त त्यहि होला नि ‘उनले भने राजधानी सबैको सुरक्षित स्थल हुन सकेन । गरिब, निमुखाको काठमाण्डौं हुन सकेन ।’

वालनेको चर्चाको आधार अराजकता भएको टिप्पणी महासचिव पोख्रेलको छ । अराजक बिद्रोही चरित्रलाई आदर्श मान्ने प्रवृत्ति बढ्न थाल्यो । यो राम्रो संकेत होइन उनले भने आफुलाइ जे मन लाग्यो त्यहीँ गर्ने कुरा राजनीति होइन ।

लोकतन्त्रलाइ कमजोर पार्नेगरी वर्तमान सत्ता समिकरणको वारेमा हल्ला फैलाउन खोजिएको टिप्पणी महासचिव पोख्रेलको छ । वर्तमान सरकार १०० दिन नपुग्दै प्रतिपक्ष दल नेताबाट संसदमा व्यक्त गरिएको घृणा युक्त, असंसदिय र अराजनीतिक वक्तव्यले संसदमा अवरोध खडा गर्ने काम भयो उनले भने ‘एमाले र कांग्रेस एक्ला एक्लै चुनाव लड्ने कुराले माओवादी अध्यक्षमा छट्पटी छुटायो । संसदबाट नयाँ सरकार गठनको विकल्प दिन सकिदैन । नेपाली कांग्रेस र एमाले भन्दा बलियो भएर देखाए भयो त ।

स्वार्थमा आधारित चुनावले सहि निकास दिन नसक्ने बताए ।राजनीति भनेको जनताको विश्वास जित्ने कुरा हो । नेकपा माओवादीले म्याजिक नम्बर देखाएर दलहरुको विचमा खेल्नु भन्दा जनताको विचमा जानू राम्रो कुरा हो ‘उनले भने प्रयोगशालाको चिन्तनबाट नेपाली समाजलाई मुक्त बनाउनु पर्छ । राजनीति फरक खालको संघर्षको विधा हो । राजनीति समर्पन, त्याग र बलिदानको क्षेत्र हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %