१५ शैयाको अस्पतालमा परिणत हुँदै छपिया स्वास्थ्य चौकी, गृहमन्त्री खाँणले गरे शिलन्यास
बुटवल । हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने क्रम अनुरुप रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया शुरु भएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका गृहमन्त्री बालकृष्ण खाँणले शिलन्यास गरेका हुन् ।
२१ करोड ८० लाख ५० हजार २९५ रुपैया अनुमान लागत राखेर टेण्डर आब्हान गरिएकोमा १८ करोड १ लाख ७ हजार ४८४ रुपैयामा निर्माण गर्ने गरी सम्झौता गरिएको छ । २०७९ असार ८ गते सम्झौता भएको अस्पतालको निर्माण २०८१ कार्तिक ७ गते भित्र सम्पन्न गरी सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
१० औं तहका डाक्टर (मेडिकल सुपरिटेण्डेन) को नेतृत्वमा मेडिकल अधिकृत सहित डाक्टर, नर्स सहितको टिम रहने गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माण भएपछि सियारीवासीले चिकित्सकिय सेवा, आकस्मीक, ओपिडी, फार्मेसी, ल्याव, रेडियोलोजी लगाएतका सुबिधा प्राप्त गर्ने छन् ।
हस्पतालको शलिन्यास गर्दै गृहमन्त्री खांणले सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले सरकारले नागरिकको स्वास्थ्यलाई बिषेश ख्याल गर्दै एक पालिका एक अस्पतालको अवधारण ल्याएको बताए ।
मन्त्री खांणले तोकिएको समयभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्न आग्रह गर्दै आगामि दुई बर्ष पछि सियारीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न अन्य ठाँउ जान नपर्ने उल्लेख गरे ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले अस्पतालको निर्माण पछि सियारीबासी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बताए ।
लेखकको सम्वन्धमा