चर्चामा

बुटवल भाटभटेनी छेउमै पिज्जाहट र केएफसिको शाखा

बुटवल भाटभटेनी छेउमै पिज्जाहट र केएफसिको शाखा
0 0
Read Time:3 Minute, 24 Second

बुटवल । अन्र्तराष्ट्रिय प्रख्यात ब्रान्ड पिज्जा हन्टको काठमाण्डौ उपत्यका बाहिर पहिलो शाखा बुटवलमा विस्तार गरिएको छ । पिज्जा हटका शाखा विस्तार अन्तराष्ट्रिय फड चेन ब्रान्ड के एफ.सी.ले नेपालमा चौधौ शाखा र पिज्जाहटले चौथो शाखा विस्तार गरेका छन् ।
बुटवल वडा न ८. सख्खानगरमा भाट-भटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको के.एफ.सी. रेस्टरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्ट्रेन्टका रुपमा परिचित छ ।
विश्वमै सवै भन्दा स्वादिष्ट पिज्जा उपलब्ध गराउने ब्रान्डमा पिज्जाहट रेस्टरेन्ट मानिन्छ । यस आउटलेटमा के एफ.सि.का विभिन्न चिकेन परिकार जस्तै मोस्ट्रार्ड क्रेप्सी, चिकेन पपकन, चिेकन स्ट्रीप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने जनाइएको छ ।
शाकाहरी तथा विदेशी स्वादका पिज्जाको समेत मजा लिन सकिनेछ। के.एफ.सी र पिज्जाहट दवै रेस्ट्रेन्टले आफना गाहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छन ।
जसका लागी ५ प्रकारका सरक्षा मापदण्डहरु स्वच्छता, जांच, सामाजिक दी, कन्ट्याटलेस सेवा र शत प्रतिसत खोप लगाएका कर्मचारी सहितका मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्ट्रेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।
के एफ सी तथा पिज्जाहटका कर्मचारीहरुले हरेक गाहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक गाहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी विच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ व्यवस्थित गरिएको छ ।
दुवै रेटुरेन्टले हाल विहान १० बजे बाट रातको १० बजे सम्म डाइन-इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै भोज् डिल मार्फत डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिने जनाइएको छ । दुवै रेस्टुराहरु देवयानी इन्टरनेशनल नेपाल प्रा लि.ले सञ्चालमा ल्याएको हो । कम्पनीले रेष्ट्रा मार्फत २६ जना स्थानिय कर्मचारीलाई प्रत्यक्ष रोजगार दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement