चर्चामा

ब्राण्ड बन्दै “द कफी हब”

ब्राण्ड बन्दै “द कफी हब”
2 0
Read Time:5 Minute, 15 Second

बुटवल । कफी पारखीहरुका लागि यतिबेला रुपन्देहीको तिलोत्तमा र बुटवलको संगमस्थल शान्तिचोक नजिकै रहेको द कफी हब यतिबेला ब्रान्ड बनेको छ। स्थापनाको एक वर्षाको अवधिमा नै कफी पारखीहरु एवं काफी सँग सम्बन्धित दक्ष जनशक्ति हरु उत्पादन गर्ने कार्यमा लागिरहेको छ।
कफी हबका प्रबन्ध निर्देशक तिरास लाम्टाङे मगरले गत वर्षदेखि सञ्चालनमा आएको कफी हबले कफीका परिकारहरुको बिक्री वितरणसँगै तालिम पनि प्रदान गर्दै आएको बताउछन।
उनले कफी हबबाट हालसम्म १ सय जना भन्दा बढीले बारिष्ठा तथा बेकरी तालिम हासिल गरेको बताए ।एक कार्यक्रमको आयोजना गर्दै तालिम लिएका करिब ५० जनालाई विदाई तथा नयाँलाई स्वागत गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले कफी पारखीलाई विभिन्न किसिमका कफीहरुको परिकारहरुको सेवा गर्नुका साथै ब्राण्डनै बनाउने उद्देश्यका साथ तिलोत्तमाको शान्तिचोकमा कफी हबबाट सेवा शुभारम्भ गरेको बताउँदै उद्देश्य अनुसार अगाडि बढेको बताए ।

उनले भने ‘नेपालमा कफी पिउने चलन भएतापनि व्यवसायिक रुपमा भने विस्तार हुन बाँकी छ । कफीको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै यस क्षेत्रमा कफी हबले नामले सुरु गरेँ । साथै म हस्पिटालिटी क्षेत्रबाट आएको र होटल म्यानेजमेण्ट अध्यापन पनि गराउँदै आएको हुँदा जनशक्ति पनि उत्पादन गरौं भनेर वारिष्ठा तथा बेकरी तालिम पनि दिने गरेका छौं। जसअनुसार हालसम्म १ सय बढीले तालिम लिई सक्नु भएको छ ।’
कार्यक्रममा होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले आफूले उद्घाटन गरेको कफी हबले छोटो समयमा धेरै पारखी बनाएको र जनशक्ति समेत उत्पादन गरेको देख्दा ,थाहा पाउँदा खुशी लागेको बताउँदै सेवालाई बुटवलमा पनि विस्तार गर्न सुझाब दिए।
उनले भने ‘ कोरोना महामारीकाबीच संक्रमणकालिन अवस्थामा जोखम मोल्दै शुभारम्भ भएको कफी हब म लगाएतले उद्घाटन गरेका थियौं । यो एक वर्षमा कफी हब वास्तवमै कफी हब बन्न सफल भएको छ, धेरै जनशक्ति पनि उत्पादन गरेछ, अब यो यस क्षेत्रको पहिचान बन्नु पर्दछ, कफी हबको सेवा बुटवल लगाएत विभिन्न स्थानमा विस्तार गर्नुहोस् ।’
त्यसैगरी होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ,रुपन्देहीका महासचिव माधव खनालले हस्पिटालिटी क्षेत्रमा देखिएको नैराश्यतालाई कफी हबले सकारात्मक सन्देश दिएको बताए । ‘पछिल्ला वर्षहरुमा होटल तथा रेष्टूरेण्ट क्षेत्रमा ठूलो असर पर्यो,जसको अहिलेपनि सामना गर्नु परेको छ । तर, यसैबीच कफी हबले सेवा शुभारम्भसँगै धेरै ग्राहकको मन जित्दै कफी, केक बनाउने जनशक्ति उत्पादन गर्दै सफल भएको छ । जुन सकारात्मक सन्देश हो । यस्ता व्यवसायी र जनशक्तिलाई संघले सहयोग गर्नुका साथै सहकार्य गर्ने प्रतिवद्धता पनि जनाउन चाहान्छु ।’
विदाई तथा स्वागत कार्यक्रममा अनुरुपता बचत तथा सहकारी लिमिटेडका संयोजक दिपेन्द्र अधिकारी अधिकारी, पाथ वे कन्सल्टेन्सीका प्रबन्ध निर्देशक खुम पालुङ्गे मगर ,होटल व्यवस्थापनका शिक्षक गोविन्द गाहा, मदन पुन ,बेकरी सेफ सूर्य सारु,प्रशिक्षार्थी श्रृष्टि बेल्बासे,सुशान्त पौडेल लगाएतले आ–आफ्ना भनाई राखेका थिए ।
गत वर्षको भदौं १ गतेबाट शुभारम्भ भएको कफी हबमा हालसम्म ५ हजार नियमित ग्राहक रहेको बताउँदै तालिम लिएका सय मध्ये केहिले स्वदेशमै आफ्नै व्यवसाय सुरु गरेको, केहि रोजगार भएको र धेरैजसो अष्ट्रेलिया,क्रोयशिया,जापान लगाएतका देशहरुमा गएको प्रबन्ध निर्देशक मगरले बताए । कार्यक्रममा कफी हबका प्रशिक्षार्थी,कर्मचारी लगाएतले सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रमको सञ्चालन हुमराज भुसालले गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement