चर्चामा

जे एन कोरियन ईन्स्टिच्युटमा स्वागत तथा बिदाइ

जे एन कोरियन ईन्स्टिच्युटमा स्वागत तथा बिदाइ
7 0
Read Time:2 Minute, 20 Second

बुटवल। बुटवल ट्राफिक चोक स्थित जे एन सरको कोरियन भाषा ईन्स्टिच्युट बुटवलले स्वागत तथा विदाई गरेकाे छ ।काेरियन ईपिए भाषाको हालै प्रकाशित नतिजा अनुसार उत्तीर्ण बिद्यार्थी हरुलाइ बिदाइ तथा नया विद्यार्थीहरुलाई स्वागत गरिएको हो।
२०२२ मा कृषि तथा उत्पादन मुलक क्षेत्रको परिक्षमा उत्तीर्ण भएकालाई बिदाइ गरिएको हो भने नया अध्य्यनको लागि आएका बिद्यार्थीहरुलाई स्वागत गरिएको प्रीन्सिपल जगन्नाथ न्यौपाने (जेएन सर)ले जानकारी दिए।
हाेष्टेलमा बसेर अध्यन गरेका बिद्यार्थीहरु मध्य सतप्रतिशत उत्तीर्ण गरेको बताउदै उनले उत्पादन क्षेत्रमा ९१.९१प्रतिशत र कृषि ९३.८६ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएको जानकारी दिए।
कृषि क्षेत्रमा अध्ययन गरेका ४९ मध्य ४६ जना उत्तीर्ण भएको बाताए। उनले उत्पादन क्षेत्रमा सहभागी १९८ मध्य १८२ जना उत्तीर्ण रहेको बताए। उनले ईन्स्टिच्युटले होस्टल सञ्चालन गरेको बताउदै २१ जना होस्टलमा बसेका मध्य २१ जना नै उत्तीर्ण भएको जानकारी दिए।
कार्यक्रममा ईन्स्टिच्युटका सञ्चालक अर्जुन बिश्वकर्माले बिद्यार्थीकै परिश्रमककै कारणले गर्व महसुस गराएको बताए। उनले ईन्स्टिच्युटले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउदै गरेको दाबी गरे।
उनले न्युनतम लगानीमा होस्टलको सुबिधा प्रदान गरेको बताउदै ४ हजार मासिकमा एक जना बिद्यार्थी राखेर अध्यापन गराईरहेको बताए।
कार्यक्रममा सहायक प्रशिक्षक शालिकराम अधिकारी , ब्यवस्थापक सुरेश पन्थी, शिक्षक खिमानन्द खनाल, कृष्ण पाण्डे लगायतले बोलेका थिए।

Happy
Happy
37 %
Sad
Sad
0 %
Excited
Excited
55 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
8 %

Advertisement