डा. चापागाईं पुनः एमालेमा फर्किएको घोषणा
बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, अर्थ तथा योजना केन्द्रीय उपप्रमुख एवं निवर्तमान रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले आईतबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै नेकपा एमालेमा फकिएको घोषणा गरेका छन् ।
उनले नेपाल कम्युनिष्ट पार्टी( एकीकृत समाजवादी)को सबै तहका पदीय जिम्मेवारी र साधारण सदस्य समेत नरहने गरी त्यसबाट स्वतन्त्र भई आफुले कलिलो उमेरदेखि योगदान दिदै आएको नेकपा( एमाले) मा पुनः फर्किएको घोषणा गरेका हुन् ।
उनले विज्ञप्तीमा भनेका छन्,‘ मातृ पार्टीमा फर्की योगदान दिन नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष केपी शर्मा ओली र केन्द्रीय उपाध्यक्ष विष्णु पौडेललगायतका पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरुको आग्रहलाई आत्मसात गरी एमालेमा फर्किएको हुँ । ’
त्यस्तैगरी विज्ञप्तीमा डा. चापागाईंले यतिबेला नेपालको राजनीति यथास्थितिवाद, दक्षिणपन्थी पूँजीवाद एवं अवसरवाद र वाम प्रगतिशील शक्तिबीचको अन्तद्र्वन्द्वबाट गुज्रिएको बताउँदै नेपालको हित र समृद्धिको लागि वाम धु्रवीकरण आवश्यक रहेको बताएका छन् ।
उनले विज्ञप्तीमा ‘विगतमा भएका कमिकमजोरीहरुको समीक्षा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा ( एमाले ) ले नेपालको वाम तथा प्रगतिशील आन्दोलनलाई अगाडि बढाउनु आवश्यक रहेको समेत बताएका छन् ।’
विज्ञप्तीको अन्तिम लाईनमा उनले भनेका छन्,‘ आगामी मंसिर ४ को चुनावमा प्रगतिशील र वामपन्थी शक्तिबीचको सहकार्य र एकता हुनु आवश्यक छ । यसले मात्रै मुलुकमा अग्रगमन र समृद्ध नेपालको निर्माण हुन सक्दछ भन्ने मेरो धारणा रहेको छ । ’
लेखकको सम्वन्धमा