चर्चामा

शनिबार बुटवलमा वैज्ञानिक संगोष्ठी हुदै

शनिबार बुटवलमा वैज्ञानिक संगोष्ठी हुदै
1 0
Read Time:2 Minute, 1 Second

बुटवल । शिक्षा तथा खेलकुद मन्त्रालय, प्रदेश योजना आयोग र नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा शनिबार बुटवलमा वैज्ञानिक सगोष्ठी हुने भएको छ । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुटवलमा एक दिने हुने भएको हो ।
कार्यक्रममा नेपाल केमिकल सोसाईटीका अध्यक्ष डा कृष्ण प्रसाद शर्माले सरोकारवाला अनुसन्धानविज्ञ र प्राध्यापकहरु जमघट गराई लुम्बिनी प्रदेशमा विज्ञान र प्रविधिको वर्तमान अवस्था, चुनौती र अवस्थाबारे कार्यक्रम गरिने बताए । शैक्षिक हबका रुपमा विकास भएको रुपन्देही जिल्ला विज्ञान अध्ययन र अध्यायपनमा भने पछि परेको दुखेसो गरे ।
‘यहा मास्टरमा यो विषयको पढाइ हुदैन ।’- उनले भने । बुटवल बहुमुखी क्याम्पसमा रसायनशास्त्र विषयमा माष्टर विषय ल्याउने १० वर्षदेखि पहल थालेपनि सफल हुन नसकेको उनले गुनासो गरे ।
कार्यक्रममा मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्न चाहना अनुसार अघि बढेको बताए । विज्ञान र प्रविधि प्रतिष्ठान स्थापना गर्ने योजना अनुसार अघि बढेपनि नितिगत समस्या भएको बताए । करीब साढे ६ करोडमा पुर्वाधार तयार भएपनि कानुन तयार नहुदा रोकिएको उनले दुखेसो गरे। लुम्बिनी प्राविधिक विद्यालय स्थापना भैसकेको र सियारीमा साईन्स म्युजियम शिलन्यास भएको उनले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement