चर्चामा

दीप एजुकेशनमा कोरियन भाषा उत्तीर्ण विद्यार्थीलाई सम्मान

दीप एजुकेशनमा कोरियन भाषा उत्तीर्ण विद्यार्थीलाई सम्मान
0 0
Read Time:2 Minute, 44 Second

बुटवल । बुटवलको भुड्कीचोकस्थित अस्पताललाईनमा रहेको दीप एजुकेशन हव प्रा.लि. ले कोरियन भाषा परीक्षा २०२२ मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । बुटवलमा आयोजित शनिबार एक कार्यक्रमका बीच उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बोल्दै विदेशमा गएर सिकेर आएको सीपलाई स्वदेशमा नमुना योग्य काम गर्नुपर्ने बताईन । उनले विदेशमा गएर सिकेको सीप, क्षमता र ज्ञानलाई उपयोग गर्दै स्वदेशमा उद्ममशीलता प्रबद्र्धन गर्नुपर्ने बताईन ।
कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत केशरराज भट्टराईले विदेशमा गएर सिकेर आएको सीपलाई स्वदेशमा आएर नमुना योग्य काम गर्नुपर्ने बताए । उनले केही कन्सल्टेन्सीले मानव तस्करको काम गरेको भन्दै त्यो पेशा गर्ने व्यक्ति तथा संस्थालाई कारवाही समेत गरिने बताए ।
दिप एजुकेशन हव प्रालिका संस्थापक अध्यक्ष तथा प्रमुख कोरियन भाषा प्रशिक्षक दीपक लम्सालले बोल्दै विद्यार्थीको निरन्तर मिहिनेत र प्रयासबाट नै सफलता मिलेको बताए । उनले दीप एजुकेशनमा उत्तीर्ण भएका विद्यार्थीको नतिजा नेपालकै उत्कृष्ट नतिजा भएको दावी गरें ।
कोरियन भाषा इजी र एमएफ पहिलो चरणको एपीएस कोरियन भाषाको परीक्षामा सहभागी १ सय ११ जना बिद्यार्थीहरुमध्ये ९२ जना विद्यार्थी उत्तीर्णं भएका थिए । कार्यक्रममा लियो क्लब अफ बुटवल सेन्ट्रलका भाइस प्रेसिडेन्ट विकास टण्डन, कोरियन भाषा उत्तीर्ण विद्यार्थी ईस्सान अलि, शारदा कार्की, महेन्द्र अधिकारी र महेन्द्र पौडेलले आ–आफ्नो भनाई राखेका थिए । संस्थाका सहायक कोरियन भाषा प्रशिक्षक अरुण पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जिडी शिखरले गरेका थिए ।

Happy
Happy
17 %
Sad
Sad
0 %
Excited
Excited
83 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement