चर्चामा

रुपन्देही २(क)मा काङ्ग्रेसबाट सुदिप शर्मा बलियो युवा उम्मेदवार, यस्तो छ राजनीतिक जिवन

रुपन्देही २(क)मा काङ्ग्रेसबाट सुदिप शर्मा बलियो युवा उम्मेदवार, यस्तो छ राजनीतिक जिवन
3 0
Read Time:10 Minute, 47 Second

नारायण घिमिरे `भावुक´ : बुटवल । नेपाली काङ्ग्रेसको तर्फबाट रुपन्देही २(क) मा प्रत्यक्षमा सिफारिस भएका सुदिप शर्मा बलियो उम्मेदवारको रुपमा अगाडि आएका छन । यतीबेला राजनीतिक दलहरु समानुपातिकको नाम टुंगो लागिसकेको अवस्थामा प्रत्यक्षमा शर्माको चर्चा बढेको हो।

Advertisement

यस्तो छ उनको राजनीतिक जिवन
नेपाल विद्यार्थी सघंको ११ औं महाधिवेशनमा उपत्यका तर्फका सह- महामन्त्री पदका उमेदवार विद्यार्थी नेता शर्मा नेपाल विद्यार्थी सघंको १२ औं महाधिवेशन गराउनलाइ निर्मित केन्द्रिय समिती निर्माणको क्रममा आफुले आफुलाई जिउदो सहिद घोषणा गर्नु पक्कै पनि केही चोट चहराइरहेको अवस्था नै भएर होला । शान्त स्वभावमा देखिने शर्मा लामो समय सम्म विद्यार्थी राजनीतिमा होमिएको देखिन्छ । तर पनि राजनैतिक इतिहासमा आफ्नो भुमिका उच्च रहेको मनन आफुले गरेता पनि आफू चर्चाको सिमित घेरामा रहनु उनको घमण्डि पन नहुनुको एक कारण हो  ।

विं सं २०६० मा थापाथली इन्जिनियरिङ क्याम्पसका स्व.वि.यु सदस्यको जिम्मेवारी पद पाएका उनि आफ्नो कार्यभारमा नचुकेकै कारण २०६१ त्रि.वि स्ववियु परिषदका केन्द्रिय सदस्य जस्तो पद दिइयो होला । नेपाली काङ्ग्रेसको आस्था बोकेका भए पनि न्याय अभिव्यक्तको पक्षमा असमान व्यावहार भएको भए पुन: २०६२ थापाथलि इन्जिनियरिङ क्याम्पसमा स्ववियु सभापति जस्तो गरिमामय पदमा निर्विरोध नियुक्ती गराइने थिएन होला । जनआन्दोलन २०६२/६३ मा जिम्मेवारी पुर्ण भुमिकामा देखिएका उनी आफ्नो दुई तिहाइ समय विद्यार्थी राजनीति मै खर्चिएको इतिहासले बताउन्छ । राजनैतिक योगदानका लागि आफ्नो ज्यान धितोमा राख्ने क्षमताका शर्मा विभिन्न राजनैतिक आक्रमणमा घाइते भै अस्पतालमा भर्नामा समेत परेका उनी त्यसै पनि जिउदो सहिद थिए नै । २०६७ प्राविधिक विद्यार्थी परिषदका केन्द्रिय सचिवको भुमिका प्रसंसा गर्न योग्य भएर नै उनि २०६९ प्राविधिक विद्यार्थी परिषदका केन्द्रिय अध्यक्ष दिइएको होला भन्ने हामी सरासर आकलन गर्न सक्छौ ।

तर पनि लामो समय विद्यार्थी राजनीति गरेका उनिलाइ १२ औं महाधिवेशनको लागि बनाइएको केन्द्रिय कार्यसमितिमा महामन्त्री पद नदिनु उनको लागि पिडादायक राजनीति भएको हामी सजिलै बुझ्न सक्छौ !

के उनी उच्च पदिय नेतृत्वको चाकडिवादमा लिप्त नरहेकाले नै होला त यसको कारक तत्व ? चाकडिवादिहरु छोटो समयमै राजनैतिक पदमा देखिनु तर सुदिप शर्मा जस्ता लामो कष्टकर राजनीति गरेका विद्यार्थी नेताहरु साच्चै जिउँदो सहिद भएको कुरा हामी बुझिराखेकै छौ ! लोकतान्त्रिक राजनीतिमा निस्वार्थी कष्टकर राजनीति यात्रामा लामो समय सम्म हिड्दा थकित नेविसंघका हस्तिहरुले आफुले आफुलाई जिउदो सहिद ठान्नु दुर्भाग्य नै हो । नेपाली काङ्ग्रेस तथा यसका भातृ संगठनमा चाकडिवाद मौलाएको वर्तमान राजनैतिक घटना क्रमले स्पष्ट पार्दछ । पार्टिको सह-महामन्त्री जस्तो गरिमामय पद दिने भन्दै पार्टी प्रवेशको नाममा भित्राइएको कुरा ताजा नै छ । तर सुदिप शर्मा जस्ता आफुले आफुलाइ जिउदो सहिद घोषित गर्न बाध्य हस्तिहरु आफू अनावश्यक ठानेर विश्राम लिएका लोकतान्त्रिक सिद्धान्त अवलम्बन बच्चाले देख्न नपरोस् ।

आगामी निर्वाचित लक्षित कुनै मुद्दा उठेको छ भने, त्यो नेतृत्व परिवर्तनको विषयमा मात्रै केन्द्रित छ । पुरानो पुस्ता फेरि पनि नेतृत्व कब्जा गर्ने रणनीतिमा छ भने, एकाध नयाँ पुस्ताका नेताहरू पनि नेतृत्वकै दाबा गरिरहेछन् । बौद्धिक जमातले पनि मरणासन्न कांग्रेसमा प्राण भर्न गतिशील नेतृत्वको आवश्यकता औंल्याएका छन् । अर्का थरी विश्लेषकले चाहिँ बौद्धिक विमर्श र हस्तक्षेपबाट मात्रै यो पार्टीलाई विसर्जन हुनबाट जोगाउन सकिने तर्क राखेका छन् । यो बखत कांग्रेसको दुःख भनेकै नेता, नीति अनि त्यसको पूर्ण कार्यान्वयन हुन नसक्नु हो । अर्थात्, प्रस्ट नीतिसहित कार्यान्वयनको निश्चितता गर्न सक्ने गतिशील नेतृत्व यो बेला कांग्रेसको आवश्यकता हो । नेपाल एकीकरण गर्न निस्कदा पृथ्वीनारायण शाह १९ वर्षका थिए । अब म उनी र हामी जस्ता युवा मैदानमा आउनुको विकल्प छैन। मैले धेरै युवालाई प्रतिनिधित्व गर्नुछ । मैले धेरै युवालाई हौस्याउनुछ । राजनीतिमा आउन प्रेरित गर्नुछ ।

लोकतन्त्रको बहालीसँगै तत्कालीन समयमा देशमा गणतन्त्र ल्याउने क्रममा एमाले नेता एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका जानु सरह हो, भन्ने व्याख्यालाई शर्माको नेतृत्वमा  रुपन्देहीको तामनगरमा बयलगाडा प्रदर्शन गर्दै, सरकारको चर्को विरोध जनाएका थिए । सो क्रममा नेपाल विद्यार्थी सङ्घका नेता सुदिप शर्माले भने, प्रधानमन्त्री ओलीले गणतन्त्र आउनु बयलगाढा चढ्नु सरह हो भन्नु व्यङ्ग्यात्मक टिप्पणीको वखडा भएको भन्दै, असन्तुष्टि जनाएका थिए । त्यति मात्र होइन अधिकांश नागरिक कोरोना घरभित्र बसेर बच्न सकिन्छ, भन्ने उपाय खोज्दै, गरेका वेला सुदिप शर्मा नागरिकको दैनिकी अभाव र स्वास्थ्यलाई कोरोना वाट जोगाउन लगाइने मास्क लिएर विभिन्न अग्रस्थानमा रहेर काम गर्ने निकाय र व्यक्तिहरूलाई भेटेर मास्क बाँड्दै हिँडेका थिए । पहिलो चरणमा नि:शुल्क मास्क वितरणमा लागेका उनि दोस्रो चरणमा विपन्नको घरमा खाद्यान्न लिएर बाँड्दै हिँडे ।

तिलोत्तमा नगर भित्र बस्ने लकडाउनका कारण दैनिकी गुजार्न समस्यामा परेका केही विपन्न वर्गहरूलाई खाद्यान्न वितरण कार्यमा पनि जुटे । दृष्टि विहीन परिवार, एकल महिला र लकडाउनले बेरोजगार बनेकाहरूको भोको पेटको सारथि वने । उनलाई साथ दिने केही व्यक्ति पनि थिए भने, उनले नेतृत्व लिए । केही समयको बिचमा मायाले भरिएको पोषणयुक्त (टिफिन बक्स) अभियान मार्फत २ सय भन्दा धेरै कोभिड बिरामी, स्वास्थ्यकर्मी लगायत अस्पतालका अन्य अग्रस्थानमा रहेर काम गर्नेहरूलाई तयार गरिएको ग्रेभी चिकेन, चिउरा तथा पिनट्स फ्राई समेत प्रदान गरेका थिए । नेपाली काङ्ग्रेसको १४ औं अधिवेशनमा उनी वडा बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिए, त्यस बाहेक पार्टिको आन्तरिक संगठनलाई आफू त्याग गरेर भएपनी चुस्तदुस्त बनाउनुपर्छ भन्ने हेतुले अन्य कुनै पदमा उम्मेदवार दिने मनसाय भएपनी अन्त्यमा त्यो त्याग्न सके । स्थानिय निर्वाचनमा दिनरात नभनी नेपाली काङ्ग्रेस सहितको गठबन्धनको विजयी गराउनका लागि कुनैपनी कसुर बाकिँ राखेनन्, उनको प्रेरणा र साथमा तमाम युवा प्रचारमा खटिए, अन्ततः निर्वाचनमा पुर्ण विजयी हासिल गर्न नसकेपनी आशिंक विजय भयो नै, जुन नगरपालिकाको मेयर पदमा काङ्ग्रेस विगत लामो समयपछि स्थापित हुनसकेको छ ।

त्यस्तै अब विधिको ब्याडमा नितिको बिरुवा उमार्नुपर्छ । जिवनको लक्ष्य नै राजनीति बाट समाजसेवा बताउने शर्मा जस्ता निस्वार्थ समाजसेवालाई हत्केलामा लिएर राजनीति बाट हातका पाचैँ औलाका फेदका ठेला सहन सक्ने सहनशिल शान्त स्वभावका युवा नेतृत्व अब साच्चिकै खाचोँ छ । आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा रुपन्देही क्षेत्र नं २ (क) को सांसद उम्मेदवारमा युवा नेता सुदिप शर्माले टिकट पाउने प्रबल सम्भावना देखिएको छ, उनको संघर्षरत यात्राको गन्तव्य पार्टी र जनताले के कस्तो उपहार दिन्छन् त्यो भने हेर्न बाकिँ नै छ ।

Happy
Happy
40 %
Sad
Sad
0 %
Excited
Excited
60 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %