फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल लुम्बिनीको अध्यक्षमा पुन: पाण्डेय,११ सदस्यीय कार्यसमिति निर्विरोध चयन
बुटवल । फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल लुम्बिनीको प्रथम अधिवेशनबाट पुनः रमेश पाण्डेयको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ। पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय समिती निर्विरोध निर्वाचित भएका हुन।
जसको उपाध्यक्षमा सरस्वती लामिक्षाने पौडेल , महासचिबमा चन्द्र प्रसाद भट्टराई, सचिबमा सावित्रा भण्डारी, कोषाध्यक्षमा नविना भण्डारी चयन भएका छन ।
यस्तै सदस्यहरुमा मिना पाण्डेय, बिमला खनाल, सरुमल्ल न्यौंपाने,चेत नारायण अर्याल, ज्ञानेन्द्र पौडेल,मायादेवि भट्टराई, चयन भएको निर्वाचन संयोजक टिकानिधी गौतमले जानकारी दिए ।
बिहीवार भएको अधिवेशनमा बोल्दै अध्यक्ष पाण्डेयले हिमालदेखि तराईसम्म फैलिएको लुम्बिनी प्रदेशमा फुल खेतीको सम्भावना राम्रो भएको बताउँदै लुम्बिनीमा फुल्ने फुलहरुलाई विदेशमा समेत बेच्न सकिने सम्भावना रहेको बताए । लुम्बिनी प्रदेश फुलमा आत्मनिर्भर बन्दै गएको बताउँदै उनले फुल खेती तर्फ किसानको आकृषण बढ्दै गएको बताए ।
लेखकको सम्वन्धमा