चर्चामा

तीन दिन भित्रै अस्पताल लाईनदेखि ट्राफिक चोकसम्मको सडक पक्की गरिने!

तीन दिन भित्रै अस्पताल लाईनदेखि ट्राफिक चोकसम्मको सडक पक्की गरिने!
0 0
Read Time:1 Minute, 45 Second

बुटवल । बुटवल बेलहिया ब्यापारिक मार्ग अन्तरगत बुटवल चौराहा देखि गोलपार्क सडक मर्मतको काम भईरहेको छ। पटक पटक सम्म म्याद थप गरेपनी सम्पन्न नभएको काम यतिबेला भने जोडतोडले भईरहेको छ।
बुटवल उपमहानगरमा नया जनप्रतिनिधि आईसकेपछी सडक बिस्तार कामले तिब्रता पाएको हो। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले संघीय मातहत रहेको सडक भएपनी यहाका स्थानियले सास्ती पाएकोले सडक निर्माणमा हरेक तवरबाट प्रयास गरेको बताएका छन।
निर्माण कम्पनी कन्चनजङा बिरुवा कन्स्ट्रक्सनले ठेक्का लिएको सडकको निर्माणमा लापरवाही भएकोले काम छिटोभन्दा छिटो सम्पन्न नगरे कालोसूचीमा राख्नको लागि सिफारिस गर्ने निर्णय बुटवलले गरेसङै कामहरु भईरहेको छ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणका लागि बनेको सहजीकरण समितिका संयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी सहितको अनुगमनमा सडक निर्माण कार्य चलिरहेको हो।
३ दिनभित्र अस्पताल लाईनदेखि ट्राफिक चोकसम्मको सडक पक्की हुने सडक डिभिजन कार्यालय बुटवल सब ईन्जिनियर पिपुल गौतमले जानकारी दिए। उनले पानीले समस्या नपारेमा काम तोकिएको समयभित्र सकिने बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %

Advertisement