चर्चामा

मणि उजेशद्वारा दशै शुभकामना आदानप्रदान कार्यक्रम

मणि उजेशद्वारा दशै शुभकामना आदानप्रदान कार्यक्रम
0 0
Read Time:3 Minute, 16 Second

बुटवल, १० असोज । हिन्दुहरुको महानपर्व बडा दशै भित्रीएसँगै लायन्स क्लव अफ बुटवल मणि उजेशले दशैको शुभकामना आदान प्रदान तथा रमाईलो भेटघाट कार्यक्रम गरेको छ । क्लवले लायन्स र नन लायन्सहरुलाई एकै स्थलमा जमघट गराएर दशैको शुभकामना आदानप्रदान तथा विभिन्न रचनात्मक कार्यक्रम गरेको हो । लायन्स क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशन ३२५ पीका डिष्ट्रिक गर्भनर नवराज न्यौपानेले दशैको शुभकामना दिदै आपसी भाईचारा वृद्धिका लागि चाडपर्वले महत्वपुर्ण भुमिका खेलेको भन्दै दशै र तिहारका मौलिकतालाई विर्सन नहुने बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सामाजिक सद्भाव कायम गर्न चाड पर्वले महत्वर्पुण भुमिका खेलेको उल्लेख गर्दै आफ्नो दक्ष र क्षमताका आधारमा चाड पर्वलाई बिदा गर्नु पर्ने बताउनुभयो । उहाँले नगरलाई शैक्षिक गन्तब्यका रुपमा विकास गर्नका लागि शैक्षिक सुधारका कार्यक्रमको थालनीसँगै नगरबाट आफुले पाउने पारिश्रमिक तिलोत्तमाका गरिव तथा जेहन्दार विद्यार्थीको छात्रवृतिमा लगानी गरेको बताउनुभयो । मणि उजेशका सचिव पुष्पा कण्डेलको संचालनमा भएको कार्यक्रममा लायन्सका प्रोग्राम कोर्डिनेटर अरुणप्रताप राणा, लायन्स ३२५ एनका फष्ट भिडिजी मुकुत ढकाल, लायन्स ३२५ पीका फष्ट भिडिजी अर्जुनमान शैजु, पाष्ट डिष्ट्रिक गर्भनर सुनील वझा, महेन्द्र नारायण श्रेष्ठ, क्याविनेट सेक्रेटरी सन्दीप कशौधन, क्याविनेट ट्रेजर विनोद खरेल, डिष्ट्रिक कोचिफ एड्भाईजर बलराम भट्टराई, देवदह नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीप पौडेल लगायतले दशैको शुभकामना आदनप्रदान गर्नु थियो । सो अवसरमा तिलोत्तमाका नगरप्रमुख खाँणलाई शैक्षिक विकासमा आफ्नो पारिश्रमिक छात्रवृतिमार्फत वितरण गरेको भन्दै सम्मान समेत गरिएको थियो । दशै ग्रीटिङ्स एक्सचेन्ज एण्ड फेलोसीप नाम दिइएको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीसँगै सदस्यविचमा मनोरञ्जन गराउने उदेश्यले हाउजी विंगो तम्बोला खेल पनि खेलाइएको मणि उजेशका उपाध्यक्ष रितु गुरुङ्गले जानकारी दिनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement