चर्चामा

बिमा स्रम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

बिमा स्रम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न
0 0
Read Time:3 Minute, 27 Second

बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ,रुपन्देही जिल्ला कार्यसमितिको आयोजना र नेको ईन्सोरेन्स कम्पनी लि.,लुम्बिनी प्रदेशको प्रायोजनमा आज बुटवल स्थित एशियन होटल तथा पार्टी पैलेसमा बिमा स्रम्बन्धी अभिमुखीकरण,अन्र्तक्रिया तथा विजया दशमी,दीपावली,नेपाल सम्बत,छठ र ईद पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष श्री धु्रबकुमार धितालको अध्यक्षता, महासंघका प्रदेश समिति अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष श्री नेत्रप्रसाद पाठकको प्रमुख आतिथ्यता,केन्द्रिय सदस्यत्रय श्र िकन्हेयालाल कशौधन,वशन्त रोक्का क्षत्री र प्रदीपप्रसाद उदयको विशिष्ट आतिथ्यता र नेको ईन्सोरेन्स लुम्बिनी प्रदेशका प्रबन्धक श्री रमेश थापाको विशेष उपस्थितीमा भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव देवानन्द पाण्डेले गनर््ुभएको थियो । वरिष्ठ उपाध्यक्ष मञ्जु भुषालको स्वागत मन्तव्य,जिल्ला सचिव दीपक खनाल,उपाध्यक्ष टंकनाथ अधिकारी,शुद्धोधन पालिका अध्भ्यक्ष रामप्रसाद खनाल,सल्लाहकारद्धय नवराज क्षेष्ठ,जिवनारायण अधिकारी, प्रदेश वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी लगायतकाले मन्तव्य सहित शुभकामना र बिमा सम्बन्धी समसामयिक विषयमा जिज्ञासा राख्नुभएको थियो । बिमाको अभिमुखीकरण प्रबन्धक रमेश थापाले गरेका थिए भने जिज्ञासाको जवाफ समेत चर्चा गरिएको थियो । बिमा गर्न सजिलो र क्षति व्यवस्थापन झन्झटिलो भएकाले यसलाई कसरी सहज बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजित यस कार्यक्रमले आगामी दिनमा कसरी प्रभावकारिता प्राप्त गर्न सकिन्छ र आपसी समझदारीमा बिमा गर्दाको राम्रो अवस्था पछि क्षतिपूर्ति समाधानको अवस्थामा पनि सोहि सम्बन्ध कायम गर्न बिमा कम्पनीले आफनो भुमिका निर्वाह गर्नुपर्दछ भन्ने विषयमा सहभागि तथा उद्यमीहरुको प्रतिक्रिया रहेको थियो । कार्यक्रमको समग्र व्यवस्थापन प्रमुख कार्यकारी अधिकृत श्री मनोज भटट्राईले गर्नुभएको थियो । प्रदेश महिला उद्यमी समिति अध्यक्ष श्री शान्ति शर्मा,प्रदेश अध्यक्षद्धय माया खनाल र कृष्ण प्रसाई,जिल्ला महिला उद्यमी सचिव मनु न्यौपाने,प्रेस सल्लाहकार विक्रम खडका,बुटवल नगर का.वा अध्यक्ष रमा पोडेल,ओमसतिया अध्यक्ष लालबहादुर थापा लगायत ५५ जना उद्यमीहरुको विशेष उपस्थिती रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement