बुटवलको बजारमा एक किलो जिरामा ब्यापारीले खाए ६ सय नाफा
बुटवल । बुटवलको बजारमा ब्यापारीले एक किलो जिरामा ६ सय बढी नाफा लिने गरेको फेला परेको छ । बुटवल उपमहानगरपालिकाले आज गरेको बजार अनुगमनमा एक किलो जिरामा ६ सय बढी नाफा असुल्ने देखि पसल पिच्छे फरक मूल्यमा बेच्ने गरेको फेला परेको हो ।बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्रि गरेको गुनासो समेत बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दा बजारको अवस्था त्यस्तो फेला परेको हो ।
आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा खाद्यान्य पसल अनुगमन गरिएको छ । बढी नाफाखोरी सहित फरक मूल्य र लेवल विनाका सामानहरु विक्रि गरिएको भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ ।अनुगमनका क्रममा थोक विक्रेताबाट भ्याट सहित ७१२ रुपैयां प्रतिकेजी खरिद भएको जिरा खुद्रा व्यापारीले प्रतिकेजी १ हजार ३ सय रुपैयां सम्म विक्रि गर्ने गरेको भेटिएको थियो ।
पवन किराना पसलले जिराको थोक विक्रि गर्दा प्रतिकेजी ७१२ रुपैयां परेपनि विष्णु किराना पसल सहितका खाद्यान्य पसलमा प्रतिकेजी १ हजार २ सय देखि १ हजार ३ सय रुपैयांमा विक्रि हुने गरेको भेटिएको अनुगमन टोलीकी संयोजक नगर उपप्रमुख अर्यालले बताइन् ।अनुगमन टोलीले बढि मुल्य विक्रि गर्नेलाई कारवाही नगरि मुल्य समायोजन गरेर विक्रि गर्न आग्रह गरेर हिँडेको थियो ।
त्यस्तै बजारमा चिनीको मुल्यमा पनि एकरुपता नभएको भेटिएको छ । खाद्यान्य पसल अनुसार प्रतिकेजी चिनीको मुल्य ११० देखि १२० रुपैयां सम्म पर्ने गरेको अनुगमनमा भेटिएको थियो ।त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता समेत नदेखिएको अउपप्रमुख अर्यालले बताईन ।अनुगमनका क्रममा चाडपर्वमा बढि विक्रि हुने जिरा, धनिया, चिनीको मुल्य एकरुपता समेत नदेखिएको उनले बताईन ।
लेखकको सम्वन्धमा