बुटवल उद्योग वाणिज्य संघ अधिवेशन : युवा उम्मेदवार पाण्डेलाई जिताउन अपिल

बुटवल उद्योग वाणिज्य संघ अधिवेशन : युवा उम्मेदवार पाण्डेलाई जिताउन अपिल
0 0
Read Time:2 Minute, 54 Second

बुटवल । काठमाडौँ पछिको ठुलो सङ्गठन बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अधिवेशनले चुनावी सरगर्मी बढेको छ। असोज १९ गतेदेखि हुने अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न सहमति नजुटेपछि निर्वाचनको प्रक्रिया हुने पक्का जस्तै बनेको छ।

Advertisement

उक्त अधिवेशनबाट निर्वाचित हुनका लागि थुप्रै उद्योगी व्यवसायी चुनावी मैदानमा उत्रेका छन् । उक्त निर्वाचनबाट कार्यसमितिको सदस्यका लागि युवा उद्योगी कृष्णप्रसाद पाण्डेले पनि उम्मेदवारी दिएका छन् । बुटवलका युवा उद्योगी कृष्णप्रसाद पाण्डेले बुटवल उद्योग वाणिज्य सङ्घमा आफूलाई जिताउन अपिल सबैसँग अपिल गरेका छन् ।

महालक्ष्मी मसाल उद्योगका प्रोप्राइटर कृष्णप्रसाद पाण्डेले दिनेश श्रेष्ठको प्यानलबाट मैदानमा उत्रिएका छन् । नेपाल– भारतको सीमाबाट हुने तस्करी र ओसार–पसार रोक्नु पर्ने आवाज उठाउँदै आएका युवा उद्योगी पाण्डेले उद्योगी व्यवसायीका दीर्घकालीन समस्या समाधानका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

खुद्रा किराना व्यवसायी सङ्घको नेतृत्वदेखि थुप्रै संघसस्थामा लागेर व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशील पाण्डेले उद्योगी व्यवसायीका समस्याहरू नीतिगत रूपमा समाधान गर्नुपर्ने र त्यसका लागि आफ्नो उम्मेदवारीसँगै जीत आवश्यक रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घको बस्तुगत उपसमिति सभापति रहेका पाण्डेय मानव अधिकारी तथा शान्ति समाज रुपन्देही सचिव हुन् ।

बुटवलको मिलन चोकमा किराना पसलबाट व्यवसायी यात्रामा लागेका कृष्णप्रसाद पाण्डेय अहिले सफल युवा उद्योगी हुन् । बुटवल उद्योगी वाणिज्य सङ्घमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् ।

दिनेश श्रेष्ठ र हरिप्रसाद अर्यालले छुट्टाछुट्टै प्यानल बनाए मैदानमा उत्रिएका छन् । युवा उद्योगी दिनेश श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिए पनि उनी सबै उद्योगी र दुवै प्यानलका साझा उम्मेदवारीको रूपमा परिचित छन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %