चर्चामा

युवा बिदेशमा छन, नेपालमा संभावना मात्रै छ : चन्द्र ढकाल

युवा बिदेशमा छन, नेपालमा संभावना मात्रै छ : चन्द्र ढकाल
0 0
Read Time:2 Minute, 52 Second

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना मात्र रहेको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशनमा बोल्दै उनले पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेपनि नेपालको हर क्षेत्रमा सम्भावना रहेको बताए ।

Advertisement

खाली स्थान, अनकन्टार ठाउँ जहाँ पनि सम्भावना रहेको तर काम गर्ने इच्छा शक्ति नहुँदा विदेश पलायन हुनेहरु धेरै भएको उनले बताए । अहिले केही असजिलो भएको भन्दै कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको आर्थिक चलायनमान गर्ने सम्भावना रहेको समेत बताए ।

आफु शुन्य बाट उठेर विभिन्न व्यवसायीक घरनाको नेतृत्व गरेको स्मरण गर्दै उनले सम्भावनाको पहिचान गर्न नसक्दा पनि नेपालमा नयाँ कार्य केही हुन नसकेको उनले बताए ।

साथै उनले उद्योगीहरुले भोग्दै आएको ट्रंक लाईनको विषय प्रधानमन्त्री स्तर सम्म पुगेर छलफल भइरहेको समेत बताए । व्यवसायीहरुले विद्युत्त उपयोग नगरेको अवस्थामा जरिवाना तिर्न प्राधिकरणबाट ताकेता आए पश्चात यस बारे प्रधानमन्त्री, जलस्रोत मन्त्री, विद्युक्त प्राधिकरणका प्रतिनिधीहरु सहित छलफल भएको र लाईन काट्ने निर्णय बाट पछि सरकार हटेको उनले बताए ।

अहिले बजारमा देखिएको मन्दी विश्वभर रहेको बताउँदै नेपालमा अर्थतन्त्रमा देखिएको मन्दी कुनै सरकार वा नीति क्षेत्रका कारण नआएको भन्दै अब यो मन्दी विस्तारै लयमा आउने समेत विश्वास व्यक्त गरे ।

‘पर्यटकहरु आउने संख्या बढ्दै गएको छ । बैंकहरु लगानी गर्न ईच्छुक देखिएका छन् । अब केही सुधारको संकेत देखिदैछ । जग्गा कित्ता खुल्लाका साथै मौद्रीक नीतिमा पनि सुधार भएको छ’ उनले भने ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगाएतले बोल्दै आर्थिक चलायन गराउन नीजि क्षेत्रसंग हातेमालो गर्न तयार रहेको बताएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %