लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी
0 0
Read Time:6 Minute, 36 Second

बुटवल । बौद्ध दर्शनको उत्थानमा नेपाल र चीनबीच परम्परागत सम्बन्ध रहेको विज्ञहरुले बताएका छन् । चिनिया भिक्षहरुको बौद्ध स्थलको भ्रमणले नै बौद्ध स्थलहरुको विश्वब्यापी पहिचान हुन सकेको विज्ञहरुले बताए । बौद्ध धर्मग्रन्थ संग्रह, प्रवद्र्धनमा पनि चिनिया भूमिका महत्वपूणर् देखिएको विज्ञहरुको भनाई छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा शुक्रबार लुम्बिनीमा भएको बौद्ध संस्कृति प्रदर्शन तथा बिआरआईको १० औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै बेल्ड एण्ड रोड परियोजनाले बौद्ध संस्कृति प्रवद्र्धनमा महत्वपूणर् टेवा पुर्‍याउने बताए । चिनिया बौद्ध भिक्षुयात्रीहरु फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरुले बताए ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री शुसिला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनिया यात्रीहरुको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताइन् ।
उनले बिआरआईले नेपालको विकासमा महत्वपूणर् भूमिका खेल्ने बताइन् । ॅप्रधानमन्त्रीज्यूको भर्खरको चीन भ्रमणमा पनि बिआरआई कार्यान्वयनमा जोड दिइएको छ, उनले भनिन्,-ॅब्यापार, देशहरुबीच साझेदारी तथा बौद्ध संस्कृतिको विकासमा यो परियोजना महत्वपूणर् हुनेछ ।’
तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रवद्र्धनमा टेवा पुग्ने बताइन् ।
बिआरआईले १० औं बार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालय स्थापना समेत भएकोे छ । चीनको यो महत्वपूणर् परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो । क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ ।
सो कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्करोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्ने भन्दै बिआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसाथ गर्नुपर्ने भन्दै मूलुकका हरेक विकासका कार्यहरुले शान्ति निम्त्याउने काम गर्नुपर्ने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवणर्लाल बज्राचार्य बौद्ध दर्शनको व्यवहारिक अनुशरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताए ।
चिनियाँ भिक्षु ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दशर्नको प्रवद्र्धन र अनुशरणमा पनि विश्वले काम गर्नुपर्ने बताए ।
भियतनामी टेम्पलका प्रमुख डा. लामले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताए । यी क्षेत्रका पहिचानमा चिनिया यात्रीहरुको भूमिकालाई बिर्सन नहुने उनको भनाई छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताए ।
भिक्षु महासंघका निग्रोध महाथेरले कैयौं बौद्ध दार्शनिकहरु सिल्करोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताए । उनले यो क्षेत्र निकै महत्वपूणर् रहेकाले बिआरआई परियोजनामार्फत विकास हुनुपर्ने बताए ।
बौद्ध भिक्षु महासंघका सचिव भिक्षु धर्मगुप्तले बौद्ध ग्रन्थको विकासमा चीनको महत्वपूणर् भूमिका रहेको साथै सांस्कृतिक विकासका कार्यक्रम निरन्तर हुनुपर्ने बताए ।
आईसिसिआर चियर प्रोफेसर बिमलेन्द्र कुमारले सिल्क रोड बौद्ध संस्कृतिसंग आवद्ध रहेको भन्दै ह्वेनसाङसहितका यात्रीहरुले बौद्ध धर्मको विकासमा महत्वपूणर् भूमिका निर्वाह गरेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा. कुमार खड्काका अनुसार प्रदर्शनीमा बौद्ध संस्कृति तथा बिआरआई र सिल्क रोडका विषयमा प्राडा गितु गिरी, प्रा. बसन्त विडारी, प्रा. बिमलेन्द्र कुमार, डा. स्टोफर कुपर लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement