लायन्स क्लब सैनामैना स्टारद्वारा बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
बुटवल । लायन्स क्लब अफ सैनामैना स्टारले बिपन्न बर्गलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। नवप्रतिभा वचत तथा ऋण सहकरि संस्था र समाजसेवीसेवी सिता अर्यालको सहकार्यमा भाग्य लख्ने कापी कलम बितरण गरिएको हो।
रास्ट्रिय मा.वि. सैनामैना ७ आमि मा अध्ययनरत ३२ जना विद्यार्थीहरुलाईहरु कापी कलम बितरण गरिएको थियो। कार्यक्रम प्रथम डिस्टिक गभर्नर एमजेएफ पुर्षोतम भक्त प्रधानाङ्गको प्रमुक आतिथ्यता र क्लव अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षतामा भएको हो।
कार्यक्रम को संचालन क्लबका सह-सचिव घनश्याम भुसाल र कार्यक्रमको संयोजकत्व अमृत भण्डारीले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि वालकृष्ण भण्डारी,क्लबका एक्टन्सन प्रसन कृष्ण प्रसद शर्मा, क्लबका गाईडलाईन प्रसन सरोज पन्थ, चार्टर प्रेसिडेन्ट कृष्ण ज्ञवाली, लगायत ले बोलेका थिए। क्लबले प्रतेक महिना यस्तै सामाजिक कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा पनि सामाजिक कार्यमा निरन्तर अगाडी बढ्ने क्लब का कोषाध्यक्ष लायन राजन भट्टराई (राज)ले जानकारी गराए।
लेखकको सम्वन्धमा