बुटवल उद्योग बाणिज्य संघमा शुरु भयो मतदान, अध्यक्ष कसजु र नगरप्रमुख पाण्डेयले गरे मतदान
Read Time:57 Second
बुटवल । बुटवल उद्योग बाणिज्य संघमा मतदान शुरु भएको छ। संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु र बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले पहिको मतदान गरेका हुन।
९:४३ बाट मतदान शुरु भएको हो। साझ ५ बजेसम्म मतदान हुनेछ। संघमा १७७८ मतदाता रहेका छन। संघको नेतृत्व लिनको लागि दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानलसहित मैदानमा छन।
वरिष्ठ उपाध्यक्ष टंक गैरे र बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराई निर्विरोध निर्वाचित भईसकेका छन। मतदान सकिएपश्चात् आज नै मतगणना हुने प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।
लेखकको सम्वन्धमा