बुटवल उवासंघ निर्वाचनमा १५ सय ६ मत खस्यो
Read Time:1 Minute, 15 Second
बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान सकिएको छ।बिहान ९:४० देखि शुरु भएको मतदान ५ बजेसम्म चलेको थियो।
आजको मतदानमा १५ सय ६ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। जुन करिब ८५ प्रतिशत मत हो। संघमा १७७८ मतदाता छन।
संघ अध्यक्ष उज्ज्वल कसजु र बुटवल नगरप्रमुख खेलराज पाण्डेबाट शुरु भएको मतदान अध्यक्षका दुई प्रत्याशी दिनेश प्रसाद श्रेष्ठ र हरि अर्यालले मतदान गरि मतदानकार्य समापन गरिएको हो।
संघको नेतृत्व गर्नको लागि दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानल सहित चुनाबी मैदानमा छन। वरिष्ठ उपाध्यक्ष टंक गैरे र बाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई सर्वसम्मत भएका छन।बाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई सर्वसम्मत भएका छन।
लेखकको सम्वन्धमा