गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता

गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता
0 0
Read Time:1 Minute, 29 Second

बुटवल । बुटवल उपमहानगरपालिका ९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुत्केरी स्याहार खर्च कार्यक्रमलाई निरन्तरता दिएको छ ।सहकारीले आफ्ना महिला सदस्यहरु सुत्केरी हुँदा स्याहार खर्च बापतको रकम प्रदान गर्दै आएको छ ।
यसैबिचमा चालु आर्थिक वर्षमा सुत्केरी भएकाहरुलाई घरदैलोमै पुगेर सुत्केरी खर्च २ हजार रुपैयाँ प्रदान गर्दै आएको सहकारीका अध्यक्ष कृष्ण देबकोटाले जानकारी दिए ।
बुटवल सुख्खानगर निवासी सहकारी सदस्य सुत्केरी पूजा पन्थीलाई सुत्ेकरी खर्च बापतको रकम प्रदान गर्दै यस कार्यक्रमको शुभारम्भ गरिएको हो ।

उनले प्रत्येक वर्ष १५ जनाको हाराहारीमा सुत्केरी स्याहार खर्च प्रदान गरिँदै आएको अध्यक्ष देबकोटाले जानकारी दिए ।
अध्यक्ष देबकोटा सहित महिला उपसमिति संयोजक उषा भट्टराई, सञ्चालक समिति सदस्य कृष्ण प्रसाद भट्टराई, सहकारीका व्यवस्थापक कमला भुर्तेल सहितको टोलीले घरदैलोमा पुगेर रकम हस्तान्तरण गरिएको हो । 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement