पारदर्शी साकोसको १४ औ साधारण सभा सम्पन

पारदर्शी साकोसको १४ औ साधारण सभा सम्पन
0 0
Read Time:3 Minute, 36 Second

बुटवल । पारदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका चन्द्र बहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष डोलराज अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले सहकारीहरुको सहभागीतमा आर्थिक समृद्धि संभव भएको बताए । सहकारीहरुको सहभागीतमा आर्थिक समृद्धि संभव भएको र छरिएर रहेका पूजीलाई एकिकृत गरी आय मूलक कार्यमा लागानी गर्न सहकारीले प्रेरित गरेकोले नेपालको अर्थतन्त्रमा सहकारीको ठूलो योगदान भएको बताए साथै संस्थाको भिजन के हो भनी रणनीति योजना तयार गरि अघाडी बढ्न सुझाव दिए ।

अतिथि संस्थाका संस्थापक अध्यक्ष मिना कुमारी कार्कीले सहकारी भनेको सजिलोसंग बचत र सहजरुपमा ऋण पाउने सँस्था भएको बताईन । उनले सहकारी खुलेपछी सानो सानो पुँजी संकलन गर्न सजिलो भएको र केही उद्यम गर्न चाहानेका लागि सहुलियत सहज रुपमा ऋण दिने नीतिभएकाले यसको महत्व बढेको बताईन । उनले घरमा बसेका गृहणी हरुलाई व्यवसायी बनाउने नीति सहकारीले ल्याउनुपर्ने बताएकी थिईन । कार्कीले कुनैपनि सदस्यले जम्मागरेको रकम सहि ठाउँमा लगाउने जिम्मेवारी सहकारी सञ्चालकको भएकोलले यसमा सचेत रहन उनले आग्रह गरीन ।

आ।व।०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन संस्था अध्यक्षले प्रस्तुत गरेका थियो । लेखा समितिका संयोजक किरण गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । हाल यस संस्थामा जम्मा ८४८ सदस्य रहेका छन् त्यसै गरी संस्थाको शेयर पूँजी रु १०,०५३,०००/– ,कुलपँुजि रकम रु ८५,०५१,४८५/– रहेको छ । लगानीमा रहेको कर्जा ७०,८३१,२८०/– सहितको आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्री रमेश कुमार भण्डारीले प्रस्तुत गरेका थिए । बुटवल सुख्खानगर स्थित होटल मेरिगोल्डमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष मान बहादुर थापाले स्वागत गरेका थिए । भने उक्त कार्यक्रमको सञ्चालन सचिव युवराज न्यौपानेले गरेका थिए । सोही कार्यक्रममा संस्थाका सदस्यहरु एवं सदस्यका छोराछोरीले शैक्षिक क्षेत्रका विभिन्न विद्यामा उत्कृष्टता हासिल गर्नेलाई सम्मान एवं जेष्ठ नागरीक तथा असल सदस्यलाई सम्मान गरीएको छ तथा कर्मचारीलाई मायाको चिनो तथा सम्मान गरीएको छ । आगामी दिनमा संस्थाको बहुउद्देश्यीय अनुरुपका कार्यहरु गर्ने योजना अनुरुप कार्य भईरहेको अध्यक्ष चन्द्र बहादुर महतले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement