चर्चामा

पाल्पाको रानीमहल नजिकै बैकुण्ठे भीरमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु एक घाइते

पाल्पाको रानीमहल नजिकै बैकुण्ठे भीरमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु एक घाइते
0 0
Read Time:2 Minute, 44 Second

बुटवल । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलबाट सदरमुकाम तानसेनतर्फ आउँदै गरेको जिप आइतबार अपरान्ह बैकुण्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जीप चालक घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । मृतकको परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयले ६ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने जीपका चालक घाइते भएको जानकारी दिएको छ । पर्यटकीयस्थल रानीमहल घुम्न आएकाहरुलाई लिएर तानसेनतर्फ फर्केको जीप उकालोमा पछाडि हटेर दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेको र उद्दारमा कठिनाई भएकाले थप विवरण आउन बाँकी रहेको छ । जिपमा ६ जना यात्रु रहेको र सबैको मृत्यु भए पनि परिचय भने नखुलेको पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिएका छन ।

बैकुण्ठ पहाडबाट बराङ्गदी खोला सय मिटर भन्दा लामो छाँगो रहेको छ । जसले गर्दा उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा उद्दारमा जुटे पनि बेलुकी अबेर भइसकेकाले समस्या भएको छ ।

तीन सय मिटर तल्लो भागबाट खोलैखोला भएर उद्दारका लागि पुग्नु पर्ने भएकाले थप कठिनाई भएको प्रहरी प्रमुख शर्माले जानकारी दिए । बैकुण्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ । छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ ।

दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ । तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहलसम्म लुम्बिनी प्रदेश सरकारको सहयोगमा गतवर्ष कालोपत्रे सकिएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %