चर्चामा

रुपन्देही-२ मा पहिलेभन्दा फराकिलो मतान्तरले विजयी हुँदैछौ : एमाले उपाध्यक्ष पौडेल

रुपन्देही-२ मा पहिलेभन्दा फराकिलो मतान्तरले विजयी हुँदैछौ : एमाले उपाध्यक्ष पौडेल
0 0
Read Time:2 Minute, 29 Second

बुटवल, २५ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरेका छन् ।
रुपन्देही-२ मा मात्रै नभएर मुलुकभरी नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको उनको भनाइ छ । विकास र समृद्धिका लागि आगामी मंसिर-४ को निर्वाचनबाट जनताले नेकपा एमालेलाई सबैभन्दा ठूलो दल बनाउने पौडेलले बताए ।
आफ्नो निर्वाचन क्षेत्र रुपन्देही-२ का विभिन्न वडाहरुमा घरदैलो अभियानलाई तिब्रता दिएका पौडेलले जनताको शासक होइन सेवक भएर आफूले काम गर्ने समेत प्रतिवद्धता गरेका छन् । ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौं । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन । सबै दल, जातजाती, भाषभाषीका जनतालाई समान रुपले हामीले हेर्ने छौं ।’-पौडेलले भने, कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो ।
आज बुटवल-११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै पौडेलले बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक शहरको रुपमा बिकसित गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरु जोड्ने सडकलाई कालोपत्रे गरिने छ भने, मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरु अघि बढाइने छ ।’-पौडेलले भने बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ ।
निर्माणाधिन भौतिक पूर्वाधारलाई पूणर्ता दिएर अब रुपन्देहीलाई नमुना जिल्ला बनाउने उनले बताए । बिकास आयोजनाहरुसँगै अबको ध्यान रोजगार सिर्जना, शिक्षा, स्वास्थ्य लगायतका मानवीय विकासमा केन्द्रीत हुने उनको भनाइ छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement