चर्चामा

सैनामैनामा एमालेको चुनावी कोणसभा तथा घरदैलो

सैनामैनामा एमालेको चुनावी कोणसभा तथा घरदैलो
0 0
Read Time:3 Minute, 21 Second

सैनामैना, २६ कार्तिक। रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी अभियान तीव्र पारेका छन् । चुनावी अभियानको क्रममा शनिबार सैनामैना नगरपालिकाका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरिएको छ ।

Advertisement

विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले क्षेत्र नं. ५ का बासिन्दाले परिवर्तन चाहेकाले एमालेको जीत सुनिश्चित रहेको दाबी गरे । क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, सडक-पूर्वाधार, कृषि, रोजगारीलगायतका तमाम क्षेत्रको विकासको लागि एमालेका उम्मेदवारलाई विजयी बनाउन उनले मतदातालाई आग्रह गरे । एमालेले मात्र राष्ट्रियताको रक्षा र तीव्र मुलुकको आर्थिक तथा सामाजिक विकास गर्न सक्ने उनको भनाइ छ ।

यस्तै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले एमाले नेतृत्वको सरकारले मात्र अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीहरुलाई जग्गाको वास्तविक मालिक बनाउने दावी गर्दै मतदातालाई एमाले उम्मेदवारलाई जिताउन आग्रह गरे । क्षेत्र नं. ५ मा व्यवसायिक कृषिको प्रचुर सम्भावना रहेको बताउँदै उनले किसानलाई सिंचाई, मलखाद, कृषि उपजको बजारीकरणलाई प्राथमिकता दिइने बताए । क्षेत्र नं. ५ मा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्यका धेरै समस्या रहेकोले ती समस्या समाधान गर्न आफू सधैं प्रतिबद्ध रहेको उम्मेदवार घिमिरेको भनाइ छ ।

यसैगरी प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सैनामैनालगायतका क्षेत्र देखिएका खानेपानी, सडक-पूर्वाधार, शिक्षा, स्वास्थ्यका समस्यालाई समाधान गरिने बताए । उनले एमाले सरकारलाई षड्यन्त्रपूर्वक ढालिएपछि सुकुम्बासी समस्या समाधानको काम रोकिएको बताउँदै सुकुम्बासी समस्या समाधान गर्न पनि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए ।

यस्तै एमालेका जिल्ला उपसचिव तथा सैनामैना नगरपालिकाका पूर्वप्रमुख चित्र बहादुर कार्कीले एमाले नेतृत्वको सरकारले अघि बढाएको गौतमबुद्ध क्रिकेट रंगशाला लगायतका ठूला विकासका पूर्वाधारलाई पूणर्ता दिन एमाले उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %