लुम्बिनी प्रदेश राजधानीको विषयमा पौडेल र पोखरेल बिच जुहारी, राजधानीको विषयमा पौडेलको भनाई पोखरेलद्वार खण्डन

लुम्बिनी प्रदेश राजधानीको विषयमा पौडेल र पोखरेल बिच जुहारी, राजधानीको विषयमा पौडेलको भनाई पोखरेलद्वार खण्डन
0 0
Read Time:4 Minute, 52 Second

बुटवल, २६ कार्तिक ।
लुम्बिनी प्रदेश राजधानीको विषयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बिच जुहारी शुरु भएको छ ।
नेकपा एमाले उपाध्यक्ष पौडेलले लुम्बिनीको राजधानी बुटवल ल्याउँछौँ भन्ने प्रतिक्रिया विषयको महासचिव पोखरेलले खण्डन गर्दै वाक युद्ध शुरु गरेका हुन् ।
बुटवलमा एक टेलिभिजनले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशको राजधानी पुनः बुटवललाई तोक्न सकिने बताएका थिए । कार्यक्रम प्रस्तोताले राजधानीको विषयमा प्रश्न सोध्दा पौडेलले कालोपाटिमा लेखिएको कुरालाई मेट्न सकिने बताउँदै राजधानी बुटवल तोक्न सकिने प्रतिक्रिया दिएका थिए ।
उतिबेला बुटवलबाट राजधानी सार्दा पौडेल मौन थिए, उनले राजधानी दाङ सार्न सहमत जनाएका थिए । उनी त्यसलगत्तै अर्थमन्त्री भए । उनीमाथि राजधानीसँग अर्थमन्त्री साटेको आरोप लागेको थियो।प्रदेश राजधानीको नामाकरण र स्थायी राजधानीको विषयमा नेकपा एमालेले ह्विप लगाएर राजधानी दाङ सारिएको थियो ।
सोहि विषयलाई लिएर शनिबार आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका महासचिव पोखरेलले प्रदेशको राजधानी पटक पटक तोक्न नमिल्ने बताएका छन् । उनले को व्यक्तिले के बोल्छन, त्यसको अर्थ समेत नभएको बताए ।
दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका पोखरेलले भने,‘संविधानले प्रदेशको राजधानी एक पटक तोक्ने व्यवस्था गरेको छ । त्यो अनुरुप लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी उपत्यकामा तोक्ने काम प्रदेशसभाले गरिसकेको छ,तोकेको राजधानीलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’
कस्ले के भन्छ त्यसको पछि नलाग्न पनि उनले आग्रह गरेका छन् । उनले राजधानी कार्यान्वयनको लागि आफू मुख्यमन्त्री भएको बेला योजनाहरु अघि सारेको समेत बताए । ‘हामीले राजधानी कार्यान्वयनको लागि योजना ल्याएका थियौ । तर गठबन्धन सरकारले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन’ महासचिव पोख्रेलले भने ।
सरकारले दाङको देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेशसभाका ८७ मध्ये बैठकमा ८२ सांसदमात्र सहभागी थिए।
एमाले उपाध्यक्ष पौडेलले बुटवललाई पुनः राजधानी बनाउने भन्दै अघिल्लो निर्वाचनमा मत दिएका जनताको अपमान गरेको भन्दै स्थानीयहरुले समेत आक्रोस पोख्न थालेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा (सूर्यवंशी) ले पुनः लुम्बिनी प्रदेशको राजधानी बुटवल ल्याउँछौँ भन्ने एमाले उपाध्यक्ष पौडेलको अभिव्यक्तिलाई राजनितिक बेईमानिको संज्ञा दिएका छन । ‘समग्र रुपन्देही जिल्ला लुम्बिनी प्रदेशको राजधानीको लागि उपयुक्त जिल्ला हो, यहाँ भौतिक संरचना समेत तयार छ, तर एमालेका नेताहरुले आफ्नो ब्यmिगत स्वार्थका कारणले पुर्वाधार नै नभएको राप्ती पुर्‍याईयो।’ उनले भने,‘ बहुमत दिएर जिताएका मतदाताको अपमान गरेका नेताले अहिले फेरि राजधानीकै विषयमा अनर्गल प्रचार गरिरहेका छन्, यो कुरा जनताले बुझ्नुपर्छ ।’
००००

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement