रुपन्देही ५ : बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर बढ्यो

रुपन्देही ५ : बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनलहर बढ्यो
0 0
Read Time:1 Minute, 57 Second

बुटवल । रुपन्देही क्षेत्र नंं ५ मा लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा लहर सिर्जना भएको छ । सोमबार मात्रै लुम्विनी सांस्कृतिक नगरपालिकाका स्थानीय बरिष्ठ समाजसेवी तथा जनता समाजबादी पार्टीका नेता नेपाली कांग्रेसमा प्रवेश गरेपछि रुपन्देही ५ मा भरतकुमार शाह र प्रदेश सभाका उम्मेदवार फकरुद्दीन खानको पक्षमा लहर सिर्जना भएको छ ।
सोमवारमात्रै जनता समाजबादी पार्टीका लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर अध्यक्ष अब्दुल मोविन खान र लुम्बिनी साँस्कृतीक नगर प्रमुख पदका उम्मेदवार अमिरूद्दिन मुसलमान पाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रदेश गर्नुभएको छ ।
उहाँहरुलाई रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार भरतकुमार शाह लगायत कांग्रेसका जिल्ला नेताहरुले स्वागत गर्नु भएको थियो ।
यसैगरी रुपन्देही क्षेत्र नं. ५ मा लोकतान्त्रिक बाम गठबन्धनले बुधवार आमसभा गर्ने भएको छ । विहान ११ बजे सालझण्डीमा हुने सभामा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य आउने कार्यक्रम रहेको छ भने दिउँसो २ बजे लुम्विनी क्षेत्रमा हुने आमसभामा पनि उहाँहरु नै अतिथीका रुपमा सहभागी हुने र सम्वोधन गर्ने कार्यक्रम रहेको लोकतान्त्रिक बाम गठबन्धनले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement