सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग
बुटवल । बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको नेतृत्वमा गएको टोलिले भैरहवा भन्सार कार्यलयका कार्यलय प्रमुख नारद गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउदै उद्योग उपाध्यक्ष भट्र्टराइले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तवरबाट नै भन्सार नाका खुकुलो पार्न दवाब दिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको बताए । सिमा नाका खुकुलो हुदै दैनिक सयाँैको संख्यामा सिमानाकामा नेपालबाट मानिसहरु भारत जाँदै सामान लिदै गर्दा बुटवलका व्यवसायिहरु मारमा परेको उनले बताए । यसको लागि भन्सार नाकाबाट सामान ओसारपसारमा चेकजाँज गरि कडाइ गर्न आग्रह गरे ।
बुटवल उद्योग बाणिज्य संघको नेतृत्वमा गत जेठ १८ गते गएको डेलिकेसनले केहि कडाई भएपनि अहिले पुन खुकुलो भउको बताउँदै पुन नाकामा कडाई गर्न आग्रह गरे । देशको अर्थतन्त्र दरिलो पार्ने भन्सार तथा खुल्ला सिमामा कडाई गर्दै जानुपर्ने निति विपरीत खुकुलो बनाउँदै गएको उनको भनाई थियो ।
उक्त ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यलयका प्रमुख नारद गौतमले सिमानाकामा देखिएको समस्यालाई समाधान गर्दै थप कडाई गर्ने प्रतिबद्धता व्यक्त गरे । चाडपर्व लक्षित सिमा नाकामा आउनेजाने मानिसहरुले सामान बाहिरबाट ल्याउने भएकाले यसलाई थप कडाई गर्ने उनले बताए ।
लेखकको सम्वन्धमा