लुम्बिनी प्रादेशिक अस्पतालबाट डाक्टरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा उपचारका लागि खट्यो
- सत्यदीप सन्देश संवाददाता
- कार्तिक १८, २०८०
- 56 Shares
बुटवल । जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।
भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनु पर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिए । अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
- तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
- कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१ -
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
अशोज १०, २०८१
लेखकको सम्वन्धमा