लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य उपकरण र स्वास्थकर्मी सहितको टोलि जाजरकोट पठायो,प्रदेशका गृहमन्त्री समेत जादै

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य उपकरण र स्वास्थकर्मी सहितको टोलि जाजरकोट पठायो,प्रदेशका गृहमन्त्री समेत जादै
0 0
Read Time:3 Minute, 27 Second

बुटवल । शुक्रबार राति जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेका थिए ।

कर्णालीका मुख्यमन्त्री शर्माले तत्काल स्वास्थ्यकर्मीको आवश्यकता बढी रहेको र सहयोगका लागि आग्रह गरेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङका मेडिकल सुपरिटेडेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी र औषधीसहितको टोली जाजरकोट र रुकुमका लागि पठाएका हुन् ।
टोलीमा अधिकांश सरकारी अस्पतालहरूका स्वास्थ्यकर्मी र केही निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी पनि रहेका छन् । औषधिसहित खटिएको टोली दाङबाट जाजरकोटका लागि प्रस्थान गरिसकेको मुख्यमन्त्री चौधरीले बताए ।

उपचार समन्वयका लागि गृहमन्त्री पाण्डे सहितको टोली जादै

त्यस्तै उद्धार र समन्वयका लागि लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेको नेतृत्वमा पनि सरकारको अर्को टोली जाजरकोट जाने तयारी गरिरहेको छ ।
टोलीमा सरकारका प्रतिनिधि, उद्धारका लागि आवश्यक पर्ने सुरक्षाकर्मीसहितको विशेषज्ञ टोली पनि जाजरकोट जान लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपालप्रसाद शर्माले बताए । गृहमन्त्री पाण्डे नेतृत्वको टोली पनि केहीबेरमै देउखुरीबाट हिँड्न लागेको उनले बताए ।
त्यस्तै भूकम्पमा परी घाइतेहरूको स्वास्थ्य उपचार तथा उद्धारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली पनि भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्यूनीकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बताए । अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनुपर्ने अवस्थामा समेत अस्पतालले तयारी गरिरहेको उनले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement