तिलोत्तमाले भुकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि,एम्बुलेन्स र स्वास्थ्यकर्मी पठायो, नगरप्रमुखको गाडि उद्धारमा प्रयोग गरिने
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गएराती गएको भुकुम्प प्रभावित दुई जिल्लामा उद्धार, राहत र पुनस्र्थापनाका लागि काम गर्ने निर्णय गरेको छ।
नगरपालिकामा आज आयोजित आकस्मिक बैठकबाट नगरपालिकाले सो निर्णय गरेको हो। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकबाट भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
नगरपालिकाले घाइतेहरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख रामकृष्ण खाणले जानकारी दिए।
सो कार्यका लागि जाजरकोट तर्फ जान लागेका स्वास्थ्यकर्मीलाई नगरप्रमुख खाणले आफुले प्रयोग गर्दै आएको गाडी समेत उद्धारकार्यका लागि पठाएका छन।
जनस्वास्थ्य निरिक्षक रामेश्वर ढकाल सहितको ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, पाल, उद्धार सामाग्री, सहित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई ५/५ लाखका दरले राहत सामाग्रीका लागि रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । उद्धारको टोली नगरपालिकाबाट सामाग्री सहित दिउसो प्रस्थान गरिसकेको छ।
लेखकको सम्वन्धमा