बुटवलमा प्रर्दशन गरे पौराणिक भैरव नाच (फोटो फिचर)

बुटवलमा प्रर्दशन गरे पौराणिक भैरव नाच (फोटो फिचर)
0 0
Read Time:2 Minute, 54 Second

बुटवल । होटल तथा रेष्टुरेन्ट तथा ब्यवसायी संघ रुपन्देहीले अर्घाखाँची नेवा समाजको सहकार्यमा बुटवलमा भैरव नाच प्रर्दशन गरिएको छ ।

Advertisement


कार्यक्रममा संघका प्रमुख सल्लाहकार माधव नेपालले हाम्रो देश बहुधार्मिक, बहुसास्कृतिक, बहुभाषिक भएको भन्दै यसको प्रचारप्रसार र संरक्षणमा सबै लाग्नुपर्ने बताए ।

धेरै ओझेलमा परेका संस्कृतिहरुमध्ये केहीभएपनि संस्थागत रुपमा आफुहरु संरक्षण र प्रचारप्रसार गर्ने उदेश्यका साथ वार्षिक रुपमा कार्यक्रमहरु गर्दै आएको बताए । आगामी दिनहरुमा आफुहरु यो अभियानमा सहकार्य गर्दै ब्यवस्थित रुपमा आयोजना गर्ने समेत उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले लोपोन्मुख नृत्यलाई जगेर्ना र ब्यवसायिक रुपमा अघि बढाउन जरुरी रहेको बताए । पर्यटकलाई आर्कषित गर्ने गरि थप सहकार्य गर्न तयार रहेको उनले बताए ।

सम्पर्क समाजका अध्यक्ष बाबुराम श्रेष्ठले तान्त्रिक विधिबाट पनि यो नाच महत्वपुणर् बताए । यो नृत्यमा रक्तभैरव, स्वतभैरव, कालभैरव र परि गरि चार जना कलाकारहरु बाजाको ७ तालहरुमा आर्कषक नृत्य गर्ने गर्दछन । दैवीप्रकोप रोक्न भैरवको पुजा गर्न अनिवार्य मानिन्छ । मानिसहरुलाई रोगब्याधि नहोस र देशमा शान्ति होस भन्ने कामनाका साथ प्रत्येक वर्ष यो नृत्य आयोजना गरिने प्रचलन रहेको छ ।

कार्यक्रममा संघका सचिव तथा संयोजक थम्मन बहादुर भण्डारीले देश नै आर्थिक समस्यामा परेको बेला पर्यटन क्षेत्र अछुतो नरहेको भन्दै कला, संस्कृतिलाई पर्यटनसंग जोडेर केही भएपनि राहत हुने गरि पर्यटक आर्कषणका कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।
संघका अध्यक्ष लेखनाथ भण्डारीले रुपन्देहीमा भित्रने पर्यटकलाई हाम्रो आफनै कला, संस्कृति र मौलिक परम्पराहरुबाट जोड्ने गरि कार्यक्रम चलाउने योजना अनुसार अभियान शुरु गरेको बताए । बुटवल कालिकापथको इट्टभट्टीमा प्रदर्शन गरिएको नृत्यमा हजारै दर्शकहरु उपस्थित रहेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %