पौवाको सरायँमा झुमे बटौलीबासी
बुटवल । नेपालका बिभिन्न चाडपर्व र उत्सवहरुलाई ब्यवसायसँगै प्रवर्द्धन गरिरहेको होटल पौवाले् यस अवर्षदेखि ऐतिहासिक सराय नृत्य(खेल)लाई पनि समावेश गरेको छ । साउने सक्रान्ति, माघी, पुस १५, शिवरात्री जस्ता पर्वहरुलाई विशेष उत्सवकारुपमा मनाउने गरेको पौवाले यसवर्ष देखि सरायँ नाच नाचलाई समावेश गरेको हो ।
गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत लगायतका जिल्लाहरुमा दशैंपछि खेलिने सरायँ नाच नाचलाई पौवाको योगकिुटी शाखामा प्रदर्शन गरिएको थियो । गुल्मीको पील्लिकोटबाट आएका कलाकारहरुले प्रस्तुत गरेको सरायँ नाच नाच हेर्न र नाच्न होटल पौवामा ठुलो संख्यामा स्थानीयको जमघट भएको थियो ।
बुटवलमा गुल्मी, पाल्पा, अर्घाखाँची लगातबाट बसाई सरेर आएका स्थानीयले नाच हेरेपछि आफुलाई पुरानै थाकथलोमा रहेको अनुभूति भएको प्रतिक्रिया दिए । गुल्मी छत्रकोट घर भएका थानेश्वर भण्डारीले सरायँ नाचले आफुलाई बाल्यकालको याद दिलाएको बताए ।
सराय हेर्न गुल्मी बलेटक्सारदेखि सहभागी भएका स्थानीय समाजसेवी तोयनारायण ज्ञवालीले होटल पौवाले परम्परा जोगाउन र सांस्कृतिक संरक्षण गर्न योगदान गरेको बताए ।लुम्बिनी प्रदेशको पहिचानका रूपमा रहेको सरायँ नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ होटल पौवामा प्रदर्शन गरिएको पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले बताए । दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लाहरूमा नाचिने सरायँ नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सरायँ नाचको प्रारम्भ गरिएको उनले बताए । कार्यक्रममा सरायँसँगै अन्य नेपाली कला र संस्कृतिमा आधारित साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
नेपाली हस्पिटालिटी सहित नेपाली परिकारलाई प्राथमिकतामा राखेर ब्राण्डिङ गर्दै आएको पौवाले सरायँसँगै पाल्पामा प्रसिद्ध चुकाउनी र बटुक, सेलरोटी सहितको परिकार पनि उपस्थित दर्शकहरुलाई उपलब्ध गराएको थियो । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मुल नाराका साथ सुरु गरिएको होटल पौवाको हाल नेपालका बिभिन्न १२ स्थानमा शाखा रहेका छन् । निकट भविश्यमा नेपालगन्जमा सेवा विस्तारको तयारी गरिएको पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए । गतवर्षमात्र पौवाले पोखरा र काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको थियो ।
लेखकको सम्वन्धमा