चौराहा हस्पिटलले जोगाइदिएको सुरजको खुट्टा
बुटवल । गाडी रोक्ने क्रममा खुट्टामाथि छोटा हात्ती गुडेपछि भाँचिएको कपिलवस्तुको बाणंगंगा नगरपालिकाका बुड्डीका सुरज खनालको खुट्टाको सफल अपरेसन भएको छ ।२६ दिनअघि गाडी रोकाउने क्रममा छोटा हात्ती खनालको खुट्टामा चढ्दा उनको पैताला तिरको भाग निकै थिचिएर फुटेको थियो ।
करिब करिब चुँडिन लागेको खुट्टालाई काटेर फाल्नुपर्ने र उपचारको लागि काठमाडौँ लैजान स्थानीय क्लिनिकले सुझाएको भए पनि बुटवल कालिका नगरमा रहेको चौराहा हस्पिटल प्रालिले सफल अपरेसन गरेको हो ।
अस्पताल आउँदा र स्थानीय क्लिनिकमा जाँदा निकै जटिल उपचार भने पनि अप्रेसन सफल भएको खनाल बताउँछन् । उनले अस्पतालको चिकित्सकको कारणले गर्दा आफूले नयाँ खुट्टा पाएजस्तै भएको बताउँदै २६ दिनमा नै डिस्चार्ज हुन पाएको बताए ।
अस्पतालका अर्थेपेडिक चिकित्सकहरूको निकै मेहनतको कारणले अप्रेसन सफल भएको अस्पतालका जनसम्पर्क अधिकृत जनक केसीले जानकारी दिए । उनले काठमाडौँ तथा भारतमा उपचार गर्न लैजानुपर्ने भनिएका बिरामीहरूको सफल उपचार अस्पतालले गरिरहेको उनले बताए ।
अस्पतालले रुपन्देही मात्र नभई लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूका दुर्गम स्थलहरूमा पुगेर निःशुल्क स्वास्थ्य शिविरहरू समेत सञ्चालन गर्दै आएको छ ।अस्पतालले प्रत्येक बुधवार निःशुल्क मधुमेह परीक्षण तथा फिजिसियन निःशुल्क ओपिडी टिकटको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।
जनतालाई बुटवलमा नै ट्रमा उपचारको सुविधाका लागि सिटी स्क्यान सहितको सेवा अस्पतालले प्रदान गर्दै आइरहेको अस्पतालका अध्यक्ष बिरु भण्डारीले जानकारी दिए । उनले हाड जोर्नीको अस्पतालको रूपमा चौराहा हस्पिटल बनाउन खोजेको बताउँदै विपन्न परिवारहरूलाई विभिन्न छुट देखी निःशुल्क उपचार समेत गर्दे आएको बताए ।
यो पनि –
चौराहा हस्पिटल बुटवलमा अब सिटी स्क्यान सेवा
लेखकको सम्वन्धमा