लुम्बिनी विकास कोषले भुकम्प प्रभावितका लागि २५ लाखकाे चेक प्रधानमन्त्रीलाई बुझायाे

लुम्बिनी विकास कोषले भुकम्प प्रभावितका लागि २५ लाखकाे चेक प्रधानमन्त्रीलाई बुझायाे
0 0
Read Time:1 Minute, 56 Second

बुटवल । भुकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखकाे चेक हस्तान्तरण गरेकाे छ । बुधबार कोष अध्यक्ष एव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती र काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले २५ लाखकाे चेक हस्तान्तरण गरेका हुन ।

Advertisement

कोषका तर्फबाट भुकम्प प्रभावितहरुलाई तत्काल राहातका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्रीलाई चेक रकम हस्तान्तरण गरेकाे उपाध्यक्ष डा. लामाले बताए । संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्रालय अन्तर्गत रहेका काेष सहित पशुपति क्षेत्र विकास काेष, नेपाल वायु सेवा निगम, पर्यटन बाेर्डबाट प्राप्त सहयाेग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेकाे मन्त्रालयले जनाएकाे छ ।

लुम्बिनी विकास काेषले सचिवालय बैठक मार्फत भुकम्प प्रभावितहरूलाइ राहात लागि सहयाेग गर्ने निर्णय गरेकाे थियाे ।
कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यू भएको गहृमन्त्रालयले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %