कञ्चनमा असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान , समय अगावै हुनथाले योजना सम्पन्न
कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतार हतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ ।
पालिकाले यो बर्षको कार्तिक सम्म ई बिडिङमार्फत आठवटा योजनाको स’चना निकाले मध्ये चारवटाको ठेक्का लगाईसकेको छ, तिन ओटा डेक्का प्रकृयामा रहेको छ भने एउटा काम निर्धारित मितिभन्दा अघि नै सम्पन्न भएको छ ।
कञ्चन गाउँपालिका इञ्जिनियर सुवोध ज्ञवालीले कञ्चन गाउँपालिकाले योजनाको कामलाई प्रभावकारी बनाएकै कारण कञ्चनको वडा नंं १ को भैसाही माविको कम्पाउण्ड वाल निर्माणको काम असोज ३० गते सुरु भएर निर्धारित मितिभन्दा आठ दिन छिटो कात्तिक २२ गते नै सम्पन्न भएको बताउनु भयो । उहाँले विगतमा ढिलो योजना सम्झौता गर्ने र काम पनि ढिलो र हतारमा गर्ने असारे विकासको प्रवृत्ती निरुत्साहित गर्न अभियान चलाएपछि अहिले समयमै योजनाको सम्पन्न भएको बताउनु भयो ।
इञ्जिनियर ज्ञवालीले १० लाखमाथिका योजना इ बिडिङबाट गर्ने नीति अनुसार यो बर्ष कार्तिक सम्म आठवटा योजना इ बिडिङब बाट स’चना निकाले मध्ये चारवटा योजनाको सम्झौता भै काम अगाढी बढी सकेकोे र बाँकी पनि सम्झौता हुने अवस्थामा रहेको बताउँदै सकेसम्म चैतभित्रै र नभए बैशाखभन्दा पर नजानेगरि योजनाको काम सम्पन्न गर्ने उल्लेख गर्नुभयो ।
कञ्चन गाउँपालिकाले १० लाखभन्दा सानो योजना स्थानीय उपभोक्ता समितिमार्फत गर्ने नीति लिएको छ भने १० लाख माथिका योजना इबिडिङमार्फत गर्ने भएको हो । पालिकाले बुधबार अनुगमन गरेको कञ्चन ५ को भैसाही माविको १० लाख रुपैयाको कम्पाउण्ड वाल निर्माणको काम निर्धारित मितिभन्दा आठ दिन अघि सम्पन्न गरिसकेको छ ।
उक्त कामको जिम्मा इन्जेनियम इन्फ्रास्टक्चर केटीएम प्रालिले पाएकोमा एक महिना पनि नहुँदै निर्माणको काम सम्पन्न गरेको हो ।
यसैगरी कञ्चन गाउँपालिकाले एक सूचना प्रकाशित गरि ठेक्का पाएका तर तोकिएको समयभित्र निर्माणको काम सम्पन्न गर्न पटकपटक ताकेता गर्दापनि काम अघि नबढाएको हुँदा दुईवटा निर्माण कम्पनीलाई स्पष्टीकरण दिन निर्देशन दिएको छ । पालिकाले सूचनाको बेवास्ता गरे सम्झौता रद्द गरि निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।
लेखकको सम्वन्धमा