अखिल नेपाल शिक्षक संगठनद्वारा भुकम्प प्रभावित राहत कोषमा आर्थिक सहयोग
Read Time:1 Minute, 15 Second
अर्घाखाँची । विप्लब निकट शिक्षक सगठन अखिल नेपाल शिक्षक संगठनले एक कार्यक्रमका बीचमा भुकम्प पिडितलाई केन्द्रिय समितिको निर्णयानुसार भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा समक्ष भुकम्प प्रभावित राहत कोष जाजरकोट मा ५११५१ अक्षेरेपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ को चेक हस्तान्तरण गरिएको छ ।राहत रकम हस्तान्तरण कार्यक्रममा सगठनका केन्द्रिय अध्यक्ष लक्षिराम ढकाल संगठनका राष्ट्रिय समिति उपाध्यक्ष रुद्र के सी, राष्ट्रिय समितिका उपमहासचिव अर्थ लक्ष्मण ओली, संगठनका कार्णाली प्रदेश अध्यक्ष अच्युत प्रशाद शर्मा ,राष्ट्रिय समिति सदस्य रुद्र बहादुर ओली ,जाजरकोट जिल्ला सचीव टेकराज मल्लको टोलिले राहत रकम हस्तान्तरण गरेको हो
लेखकको सम्वन्धमा